Thursday, September 24, 2020

गजल

देखेर सपना तिम्रै, मन्जिल एउटै बनाउन सकिन
यत्रा रोजेथे कठिन, हात त्यो सधै थमाउन सकिन ।।
बनायो कमजोर झार्यो आसु सम्झेरै ति अतित
देखाएरै हिडे हासो , भित्री मन रमाउन सकिन ।।
उस्तै लाग्थ्यो मलाई आफ्नैझै त्यो दिलको माया
बसन्तमा रुखले झै पात फेरि नाम कमाउन सकिन ।।
बन्न थाल्यौ तरस तरस तिमि मेरो सामु रहदा
आफ्नै ठानि अधिकार तिमिमा जमाउन सकिन ।।
निकै परिवर्तन भइछौ आजाभोलि खै केले हो कुन्नि
रुप फेरिएछ तिम्रो, देखे दोबाटोमा ठम्माउन सकिन ।।

No comments:

Post a Comment