Wednesday, April 15, 2015

गजल

यो कस्तो चाल चलाएर गयौ।
पहिलो भेटमै मन जलाएर गयौ।

जाँदु रहेछ क्यारे तिम्रो बोलिमा,
मुटुमा पिरतिको आगो बलाएर गयौ ।

नसालु ति आँखाका हेराइले होला 
कठोर यो मेरो मुटु गलाएर गयौ ।।

थाहा छैन के दिन्छेउ प्रतिउत्तरमा, 
यो दिलमा मायाको फल फलाएर गयौ

परि जस्तै बनि तिमि आयपछि 
मलाई पागलप्रेमि बनाएर गयौ ।।

No comments:

Post a Comment