Wednesday, September 28, 2016

सन्दर्भ: बिश्व मुटु दिवस २०१६


लक्ष्मण ढकाल
हिल स्वस्थ्य चौकि
www.facebook.com/blogger.laxman

मानब सरिरका मुख्य अँग मध्य मुटु पनि एक हो । यसले मानव सरिरलाई चाहिने आवस्यक पोषक तत्वलाइ रगतको माध्यमदुवरा  कोससम्म पुर्‍याउने बिशेष कार्य गर्दछ । आजको दिनमा मुटुरोग मनिसवको अल्पायुमा हुने मृत्युको प्रमुख कारण बन्दै गएकोछ । मुटुरोगलाइ कार्डियोभास्कुलर डिजिज (सिभिडि) (Cardiovacular Disease CVD) भनेर पनि चिन्ने गरिन्छ । अल्पायुमा हुने मृत्युको झन्दै ८०%  मुटुरोगकै कारणले हुनेगर्दछ । मुख्य मुटुरोगहरुम कोरोनरि धमनिमा हुने रोग(Coronary Artery Disease), हृदयघात् (Heart Attack) र एरिदमिया (Arrythmias) पर्दछन ।  यस्ता रोगहरु नेपलजस्ता बिकासउन्मुख देशका साथै बिकसित देशरुमा पनि उत्त्तिकै मात्रामा देखिनुका साथै जनस्वास्थ्यमा थपिएको नया चुनौति बन्न पुगेको छ । मुटुरोग लाग्नुको मुख्य कारण खानपान तथा जिबनसैलिमा आएको परिवर्तन नै हो ।
बिश्व मुटु दिवस बिश्व मुटु दिवसको स्थपना सन २००० मा बिस्वका सबै मानिसहरुलाइ मुटु रोग र स्ट्रोक (स्ट्रोके) मनिसको मृत्यु हुने प्रमुख् कारण रहेको जानकारि दिन उद्धेस्यका साथ भएको हो। यो दिवस प्रत्येक बर्ष अङ्ग्रेजि पात्रोअनुसार सेप्टेम्बर २९ (सेप्टेम्बेर्-२९) मा मनाईने गरिन्छ । यो बर्ष पनिआज अर्थात असोज १३ गते (September-29) देशभरि नै बिबिध कार्यक्रम गरि यो दिवस मनाइदैछ । यस बर्षको लागि बिस्व मुटु दिवसको नार "POWER YOUR LIFE" भन्ने रहेको छ । यसै मुल नाराका साथ बिश्व मुटु दिवस यो बर्ष पनि मनाइदैछ । बिस्व मुटु दिवसले मुटुसम्बन्धि जोखिम घटाउन साथै एक स्वच्छ मुटु बनाउन अभिप्रेरित गर्दछ ।
मुटुरोगलाइ बढवा दिने मुख्य कुराहरुमा परिवर्तनसिल कुराहरु जस्तै उच्च रक्तचाप (High Blood Pressure), मधुमेह (Diabetese), चुरोटको सेवन, बिलासि जिबनसैलि, बोसो बढि भएको खाना, मोटोपन (Obesity), तनाब (Stress), राक्सिको अत्याधिक सेवन र सारिरिक ब्यायमको कमि आदि पर्दछन । माथि उल्लेखित सम्पुर्ण चिजलाइ हामि आफ्नो ब्यबाहार परिवर्तनको माध्यमबाट परिवर्तन गर्न सक्दछौ । साथै अपरिवर्तनसिल तत्वहरुमा आफ्ना पुर्बजमा मुटुरोग हुनु, जातियता र उमेर पर्दछन । यस्ता कारनलाइ हामि चाहेर पनि परिवर्तन गर्न सक्दैनौ ।
मुटुरोग लागेपछि जुनखालको मुटुरोग हो सोहि सम्बन्धि लक्षणहरु देखिने गर्दछन, मुख्य रुपमा सबैखाले मुटुरोगमा देखिने साझा लक्षणहरुमा टाउको दुख्नु, छति दुख्नु, सास फेर्दा असहज महसुस हुनु सरिर झमझमाउनु छातिको बिचभागबाट दुख्न सुरु गरि घाँटि वा पाखुरातर्फ सर्दै जानु एक्कासि रक्तचाप बढ्नु वा घट्नु आदि रहेका छन । माथिका लक्षणहरु देखिएको खन्डमा मुटुरोग बिशेषज्ञ सँग परामर्सको लागि जाअनु उत्तम हुन्छ । बिशेसज्ञले हजुरको रोग पत्तलगाउनको लगि मुटुसम्बान्धि परिक्षण जस्तै इसिजि(ECG) ईकोकार्डियोग्राम (Echocardiyogram) छातिको X-RAY का साथै रगत जाँच गराउन सक्दछन ।
मुटुरोग लाग्नबाट बच्नको निमित्त मुलत यि कुरहरुमा ध्यान दिनुपर्दछ धुम्रपान तथा सुर्तिसेवन नगर्ने, दैनिक् ३० मिनेटभन्दा बधि पसिना बग्ने गर् सारिरक ब्याम गर्ने, सरिरको तौल घटाउने, रक्तचाप नियन्त्रण गर्ने, मुटुमैत्री चिजहरु खाने (जस्तै फलफुल, तरकारि, सागसब्जि आदि) रगतमा बोसोको (Cholestrol) मात्रा घटाउने, चिल्लो बढि भएको खान नखाने ।  प्रसस्त आराम गर्ने तनाब नलिने। रक्सि सेवन नगर्ने यदि गर्नुहुन्छ भने मुटुलाइ असर नगर्ने गरि गर्ने ( अधिकतम ३२५ मिलि बियर प्रतिदिन) मुटुरोगहरु अल्पायुमा हुने मृत्युको प्रमुख कारण बन्दै गएका छन । यसलाई कमि ल्याउन हाम्रो जिबनसैलिमा नै परिवर्तन ल्याउन निकैनै जरुरि छ । मुटुरोगले धन सँगसँगै अल्पआयुमा आफ्नो ज्यानै पनि लान सक्छ तय्सैले सचेत बनौ । सुरक्षित जिबनसैलिको बिकास गरौ स्वच्छ मुटु लिएर बाचौ ।

No comments:

Post a Comment