Monday, January 16, 2017

आसहिन गन्तब्य-निमोठिएको गुलाब् पार्ट २

दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको याद् सिबाय केहि थिएन । निद्राले त आखबाट बसाईसरिसकेको थियो । दिन त जसोतसो काट्थे तर रात कटाउने साथि आसु मात्रै थियो आसुले सिरानि भिजायरै सारा रात कट्थे । मोबाइलको घण्टि बज्नसाथ उनको याद झन बल्झिएर आउथ्यो । आउने प्रत्येक् कलमा उनैको बोलि चाहान्थ्यो मनले । तर उनको नाम लेखेको कल आयन । अहँ आउदै आएन । 
आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो साथिहरुसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिस को आगमन र बोलि सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथि ऐन निकै चिन्तित बनेको थियो दिनउ जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो तर म बाहान बनएरै टार्थे उसलाई ।
एकदिन उ मेरै रुममा आएर कराउन थाल्यो यदि मलाई बचपन देखिको साथि ठान्छस भने मसङ्ग हिड नत्र मसङ्ग कुनै सम्बन्ध छैन भन । उसको यो कुराले मलाई तर्सायो म नचाहेरै भएपनि सहमति जनाए । उसले मलाई घुमाउनको लागि सहर्सथारा लियर गयो त्यहा हम्रा अरु साथिहरु पनि रहेछन नरेस अमोल र समिर पनि । ऐन सँग ति सथिको परिचय मैले नै गराएको थिय दोस्रो बर्ष चल्दै गर्दा ऐन भने मन्यजमेन्ट पढ्थ्यो । सथिहरुसँगको त्यो बसाईले अलिकति सहज भयो त्यो दिन कम्सेकम् उसको याद त्यति आएन म अलिकति एकोहोरिएको थाहा पाउनसाथ साथिहरु बाहाना बनाईहाल्थे हसाउने । त्यस रात अलि सजिलै सुते जस्तो आफुलाइ अनुभब भयो । हाम्रो भेटघाटको क्रम फेरि बाख्लियो, साझ्मा चोकको पसलमा बसेर चिया पिउने क्रम फेरि सुरु भयो ।
यसै बिचमा उसको खबर बुझ्न उसका सबै साथिलाई कल गरे । नबिना, सरिता, अन्जलि, मनिसा कोइ बाँकि राखेन तर उनिहरुको जवाफ नि उस्तै थियो हाम्रो फोन नि उठाउदिन नत उसले नै गर्छे छुटेपछि । म सोच्थे उ कसरि एक्लिएर बाच्न सक्छे म सगँ रिसाए पनि उसका सथिसित त कन्ट्याक्टमा हुनुपर्ने । पिडैपिडाका बिच दिन ब्यथित हुदै गए । समयले उसको याद्को घाउ बिस्तारै पुर्न थाल्दै थियो । म पनि आफ्न दैनिक् कममा फर्कने थाले नतिजा आयो प्रथम श्रेणिमा उतिर्ण पनि भएछु ।
घरबाट जागिर खोज्नको लागि प्रेसर आउन थाल्यो ।धेरै ठाउको कोसिस पछि एक ठाउमा जगिर को लागि अफर आयो । मन निकै खुसि भयो । घरमा फोन गरेर सुनाय, बुबा जागिरको लागि कम्युनिटि सपोर्ट ग्रुप भन्ने NGO बाट फोन आयो, भोलि पोखरा जानुपर्ने भयो अन्तर्बार्ताको लागि ।भोलिपल्ट लागे पोखरा तिर मेरो साथि समिर उतै थियो । उसकै रूममा बस्ने कुरा भयो। निकै रमाईलो भयो त्यो साझ हामि लेखसाईडमा थियो, साचिकैको फरक अनुभुति छुट्टै किसिमको आनन्द त्यो साझको, लाईभ म्युजिक सङ्ग रमाउनुको । बारमै हुँदा फेरि उसको कमिको आवस भयो, उसको साथ त्यहा भएको भए त्यो साझ अझ स्वर्णिम हुन्त्यो होला तर के गर्नु उ निस्ठुरि बनेर म बाट टाढा बनिसकेकि थिई । मन बुझाउने कोसिस गरे ।
साथिले बाटोमा फर्कदै गर्दा भन्यो तलाइ बिच-बिचमा भावना को यादले झस्कायो है । मैले टाउको मात्रै हल्लाय ।
अर्को दिन अन्तर्वार्ता थियो । मनमा अलि अलि डर पनि थियो । लागे कम्युनिटि सपोर्ट ग्रुप्को अफिस नयाबटो तिर । अन्तर्बार्ता सफल भयो, जागिर बाग्लुङ्मै हुने भयो । म मुस्कान सहित बाहिरिय । पहिलो फोन बुबालाई नै गरे तर मन त यो कुरा सुनाउने अरुलाई नै थियो । तर बिबस थिए म सम्झेरै मात्र चित्त बुझाउन । त्यो रात झन् मस्ति मै बित्यो पुरानै ठाउ लेखसाईड अनि साथि समिर ।

जागिर बाग्लुङ्मै भएसि अप यहाँको बसाइ अनिस्चित थियो । जुन ठाउमा पुग्थे जहा उनिसँग भेट हुन्थे मलाई गिजाइरहेको भान मलाई पर्थ्यो । दिनभर अफिसको काममा ब्यस्त साझको साथिहरुसितको बसाइ दिन जनतन कटेकै थिय तर रात आफ्नै ब्यथा बोकेर बित्थे । जागिरकै मेलोमा सानो कामकोलागि बुर्तिबाङ्ग जानुपर्ने भयो ।
बाग्लुङ् बजारखि ८ घण्टे यात्रा त्यो पनि कच्चि सडक । साझ अबेर झन्डै ५ बजे म त्यहा आइपुगे र बसको लागि होटेल् खोज्न थले त्यहा म ३ दिन् बस्नु थियो स्वास्थ्य सिक्षा अन्तर्गत एच आई भि एड्सको जानकारि प्रदान् गर्ने कार्यक्रम चलाउन । कर्यक्रम स्थल भेको दलित् बस्तिमा पुग्दा मलाइ निकै पिडा भो त्यहाको बस्तुस्थिति देख्दा जहा बालबालिका एकसरो कपडामा थिय जुन् बर्षौ नपखालिएका झै देखिन्थे । सरसफाइ पनि निकै कमजोर, बच्चाहरु अनियन्त्रीत रुपमा सौच गर्दै थिय, सबैतिर भाडा अनियन्त्रीत देखिन्थे । घरहरु पोत्नै बिर्सियका झै बर्षौ । खानेपानि को अवस्था त झन् कुरै गर्न नमिल्ने । सबै घरमा चुलो बलिरहेको थियो । तर आगोभन्द बढि धुवाकोमुस्लो देखिन्थे त्यसैमा झन चुरोटको धुवा थप्दै अर्धबैसे महिलाहरु । मन् भित्रैबाट रोयो अनुभुति भो एच् आईभि एड्स को शिक्षा होइन सरसफाइको लागि शिक्षा अवास्यकता थियो । तर पनि म बाध्य थिए सोहि कार्यक्रम चलाउन, मैले कार्यक्रमको ढाचा परिवर्तन् गरि दुबै बिषय मिसायर कार्यक्रम सम्पन्न गरे । त्यो बस्तिका केहि तस्बिर मेरो क्यामेरामा कैद थिए । म त्यहाको बसाई टुङ्गाउदै फेरि बाग्लुङ् फर्किए ।
म अफिस फर्कियर आफ्नो फिल्ड प्रतिबेदन तयार पार्दै थिए मेरो मोबाइलमा घण्टि बज्यो फर्केर हेरे त्यो कल भावनाको नामबाट आएको थियो । म फेरि एकपटक् झस्किए मन असन्तुलित बन्यो । मेरो मनमा रिसको पारो चढेर निकै माथि पुग्यो । फोन काटिदिए । फेरि कल आयो मन नलागि नलागि उठाए तर केहि बोलिन एकोहोरो भनिरहेकि थिई के छ हजुरको खबर? के गर्दै हुनुहुन्छ? तर बोल्न मनै लागेन फोन काटिदिए । उसको कल लगातर् आएको थियो तर म आफ्नो काम् तिर लागे झै गरे । २१ औ कल पछि एउटा text आयो प्ल्ज मेरो कल उठाउन ल । मैले reply गरे अब के नै बाकि छ र बोल्नु, म काममा ब्यस्त छु । उसले फेरि म्यासेज गरि म तिमिलाई साझ कल गर्छु love u । मैले म्यसेजको प्रतिकृया दिनुनपर्ने ठाने । म आफ्नो काममा मन लागाउन सकिन । फेरि उसले एकपटक मेरो मनलाई बिथोल्न सफल भई । मेरो अनुहारको चमक हरायो मन अध्यारो भयो । मैले मेरो साथि ऐनलाइ कल गरे आजको कुरा सुनाए उस्ले उसको कुरामा ध्यान नदिन र मनलाई ढुक्क् बनाउन भन्यो । तर मेरो मन उसको कलले पगाल्न थालिसकेका थियो । घडिले ५ बजाउन नपाउदै फोनमा उसैका कल आउन सुरु भयो, मेरो नियमित कामहरु सकिन अझै १ घण्टा जति लाग्थ्यो, फोन काटिदिए । बारबार कल आएसि म अलि काम गर्न असजिलो महसुस भयो मेरो बोसको ध्यान मैतिर परेको देखे, म्यासेज गरे I'm still on office call me after 1 hour ।
कोठामा पुग्दा म निकै उदास बने मनभरि उप्रतिको आर्कोस भरियर आयो । मनले भन्यो उसलाइ एक पटकमै कल नउठ्दा यति पिडा हुने म यत्र दिन कसरि काटेहोल उ किन त्यो सोच्दिन । आज म उसलाई आफ्नो नहुनुको पिडा बोध गराउछु । सोकिरहे उसलो त्यो कलले मेरो बिर्सिएको अतित सम्झ्यायो, खाटो बसेको घाउको खाटो उक्कायो । पिडामै रम्न सिकेको मन फेरि भक्कानिने बनायो । बास्तबमै उसले फेरि मलाई पुरानै मोड्मा फर्काइ हजारौ घुम्टि घुमायर । उसको कल आउने क्रम फेरि सुरु हुन थाल्यो । म झन् उत्तेजित् बन्दै गए रिसले । १० पटकको लगतार्को कल पछि फेरि म्यासेजको टोन बज्यो । म्यासेज उसैको थियो उ लेख्दै थिई तिमि के भयौ? किन मलाई तड्पाउदैछौ? मलाई झन रिस उठ्यो लेखे तिमि यसलाइ तड्पाउने भन्छौ है? अनि तिम्रो आजसम्मको ब्यबाहारले मलाई के गर्‍यो तिमिलाइ हेक्का सम्म छ । फेरि उसको कल आयो रिसकै झोकमा उठाए अनि भने तिमिले मलाई रुहाएर अझै पुगेको छैन है भावना । उ सुक्क सुक्क रोइमात्र । म झन् क्रोधित बन्दै गए, जो स्वार्थि बन्दै तड्पाउन खोज्छ उसकै आसुधेरै? तिमि मैले नउठाएका १० कल सम्जेर रुन्छौ म के गरौ भावना तिमिले नउठाएका ति हजारौ कल अनि अनुत्तरित सयौँ म्यासेजको बदलामा । मेरो मनमा रिसको आगो सान्त भएन म के-के बोल्न पुगेछु मलाई नै पत्तो भएन। उसले फोन काटिदिई । केहि बेर त यसै रिसाएरै बसे तर उसको त्यो बोलिले मनलाई यति पगालि सकेको थियो कि म उसले गर्ने कलको प्रतिक्षामा बसिरहे ।
घन्टा बिते तर उसको कल आएन म आफै कल गर्न तयार भए । अगिसम्म रिसको आगोमा जलेको मन एकैछिनमा यति पग्लियो जुन बर्डन् गर्न नि असमर्थ थिए। मैले फोन लागाए एक् घण्टि जान नपाउदै उसले कल उठाई, रुन्चे स्वरमा भनि आझै केहि भन्न बाकि छ कि । मैले सान्त हुदै भने भन्न र सोध्न त यति कुर छन् कि भावना तिमि रातभर जवाफ दिएरै बसेपनि सक्दैनौ । उ सुक्क सुक्क गर्दै थिई सोधे तिमि यत्रो समय कहा हराएको? उ नाजवाफ् बसिरहि मैले फेरि भने म तिम्रो लायक् कहिल्यै बनेन है भावना ! उ रुदै उत्तर दिई इ सब कुरा म भेटेरै भन्छु केहि दिन पर्ख । भावना मेरो धैर्यताको बाध् टुटिसक्यो अब म केहि धैर्य गर्न नि सक्दैन? मेरो मुटु यति छिया-छिया बनिसक्यो कि अप टाल्ने कुनै चिझ् नै छैन होला यो धर्तिमा । तिमि किन बार-बार् मलाई टुक्राउछौ । तिमिले दिएका सब चोटहरु म अचानो बनि सधै सहेरै बसौ । उ केहि बोलिन रोइमात्र रहि । मैले अगि भने भावना रुनु सम्स्याको समधान होइन । सायद गल्ति मेरो नै थियो होला तिमिलाई यति धेरै माया गर्नु तिमिप्रति यो प्रेम दर्शाउनु । गल्ति न तिम्रो थियो न मेरो यो सबै समयको खेल रहेछ् उ यत्ति बोलि । गल्ति समएको होइन गल्ति मेरै हुनुपर्छ पहिलोपटक तिमि हराउदै तिमिप्रतिको मोह त्याग्नुपर्ने मैले त्यो नै ढुलो भुल भयो मेरो । उ सरि भन्दै थिई? म अझै उसङ्ग निहु खोजिरहेको थिए यतिकैम उसले भनि मप्रति यति धेरै नै गुनासो रहेछ त म तिम्रो जिबनबाट टाढा बनिदिउला? नजिक त महिनादिनलाइ मात्रै हुन्छौ भावना बाकि दिन त ताढा नै छौ बस् तिमिलाई सम्झेरै काट्य त छु नि? उ फेरि रुन थालि जब उ रुन सुरु गर्थि मेरो मन् पग्लिहाल्थ्यो ।
समस्या खासमा के हो भावना, तिम्रो मनको यथार्थ के छ प्लिज भन तिमि आफै भन यो तड्पाईइ कहिलेसम्मको ।म तिमिलाइ छिट्टै भेट्छु अनि भन्छु अरु केहि बोलिन । कहिले भेट्छौ त?खोइ थाहाछैन् तर छिट्टै? फेरि हराउने त हौलि नि तिमि । उ केहि बोलिन एकछिन अनि भनि म कहिल्यै हराउने छैन् अब । यो कुरा पनि पहेलेका झै नबनुन है भावना । गुड नाइट् टेक् केयर् भन्दै उसले फोन रखि । गुड नाईट् मैले यति भने । दिसुओको ओफ्फिके सझ बिहान उसगको कुराकानि दिन् यसरि नै बितिरहेका थिए । म अफिस बाट निस्कनै लगेको थिए उसले म्यासेज् गरि अनलाइन आउ भन्दै । म एकछिन् रोकिय जाउ या अफिस नै बसेर उसग कुरा गरौ भनेर । मेरो मनले अफिस छाड्ने छाट नै गरेन फेरि फर्किए र बसे आफ्नो कुर्चिमा । अनि खोले फेसबुक । फेसबुक खोल्न नपाउदै उसकै म्यासेजको बिप् बज्यो । लेखे किन अनलाइन बोलाको? तिमिसङ्ग बोल्न नि उसले सिधा उत्तर दिई । अनि साझ बोलेर हुन्नथ्यो? नाई बिशेष कुरा छ के? के कुरा ! म अलि उत्सुक भए उसले भनि म फेरि बाग्लुङ् आउदै छु । म झस्किए अप फेरि तड्पाउने भयौ? उसले हास्दै भनि किन तड्पाउनु र तिमिलाई? कहिले पो नतड्पाई राख्या छौ र भावन । उस्ल्व् फेरि :P लेखेर पठाई । तिमि आज निकै खुसि छौ हो । किन नहुनु त फेरि जो बाग्लुङ् आउदै छु, फेरि त्यो तिम्रो साथ मिल्दै छ । । म केहि बोलेन एक्छिन । उतैबाट म्यासेज् आयो म कहिले आउँ? आउने तिमि हो तिम्रो मर्जि । मप्रतिको रिस अझै मरेको छैन कि कसो हँ? किन मार्नु छ र? म तिमिलाई भेटेसि सब कुरा फेरिदिन्छु । हुन्छ भावना सब कुरा फेर्दिनु सक्छौ भने यो तिमिलाई माया गर्ने मन अनि मुटु पनि साटिदिनु फेरिदिनु । उ फेरि रिसाएको स्टिकर पठाई । मैले जवाफ् दिए म यहि दिनको प्रतिक्षामा छु तिम्रो मुखबाट ति अनुत्तरित्सयौ प्रश्नको जवाफ माग्ने । सब प्रश्नको जवाफ पर्सि पाउनेछौ म पर्सि आउछु । हस भन्नुबाहेक मसँग आरु कुनै शब्द थिएन ।
अन्य रात जस्तो लागेन आजको रात केहि समय पछि फेरि रात अनिद्रामै बित्ने निस्चित थियो । किन किन फेरि उनको तस्बिर अगाडि नाचिरहयो कुनै गम् थियो नत कुनै खुसि नै पर्सि भेट्ने कुराले बस मनमा एउटा अनौठो भाव् पैदा भयो, छटपटि पनि सङ्गसङ्गै पैदा भयो । रात घडिको सुई हेर्दा हेर्दै कट्यो । त्यो दिन अफिस बिदा थियो निद्रा नपरेकोले होला बिहान १० बजे सम्म बिस्तारामै पल्टिरहे उठ्ने कुनै जागर थिएन । ११ बज्नै लाग्द थियो ऐनले फोन गरेर घुम्न जाने भन्न थाल्यो । मैले मोड नभएको कुरा गरे तर उ अड्डि कसेरै बस्यो हामि सम रेडि छौ तलाई के भाको हँ, कि फेरि उसैको लागि हामिलाई बिर्सन थालिस । यो कुराले मालाइ झस्कायो । भावना सँग कुरा हुना थालेपछि हम्रो भेट्घाट पुन: पातलिएको थियो । म अवाक भए उसले फेरि भन्यो । यार् हिड न जाउ के? म बाध्य भए, जाने चाहि कहा अग्लो पुल हेर्न ग्यादि । ह्या नाजाउ भो, मेरो जवाफ् सुनेपछि उ रिसाउदै भन्यो त यस्तै होस त्यस्को एक् कल के आको थियो हामिलाई बाल नि दिन छाडिस् । सरि यार् म भर्खर् उठ्या सो ढिला हुन्छ होला । तिमिहरु जाउ ल । उस्ले म नगए नजाने अड्डि कस्न थलेसि म बाध्य मे स्विकार्न उसको कुरा ।
लामो समय पछिको साथिहरुसङ्गको बसाई निकै रमाइलो रहयो। मैले मेरा साथिको अनुहार यति फुर्तिलो पहिले देखेको थियन । साथिहरुले पुल सङ्गैको रेस्ट्रुरेन्टमा बसेर खाजा खाने निर्ण्य गरे । सथिहरु खाजा भन्दा बढि झ्याप हुने तरखरमा थिए । उनिहरुले खाजा भन्दा पहिले ड्रीन्क्सको मिनु पल्टाउन थाले । म भने चुप् चाप उनिहरुलाई हेरिरहेको थिए । साथिहरुले भोड्का पिउने निर्णय गरे तर मेरो भने मोड थिएन । मैले नपिउने कुरा दर्साय तर उनिहरु ५ जनाको सामु के चल्थ्यो र मेरो । झण्डै २ घण्टाको बासाईपछि हामि त्यहाबाट बहिरियौ ।
रुममा पुग्दा रात परिसकेको थियो । रुम नपुग्दै फोन आयो उसको । मैले गिजाउदै भने आज् म ससुरालिगाउ आको थिए नि तिमिलाई त देखिन नि? उ हास्दै भनि अज ससुरालि पो रे? हो त ! मेरो जवाफ् सुनेपछि उ एकछिन मज्जाले हासि । कहा गको थियौ र? ससुरालि गाउ क्या? ह्या भन न काहा गाको ? ग्यादि घुम्न साथिहरुसित । म त्यहि थिएनि फुपुकोमा । मैले हास्दै भने आज दिउसो नै फोन भाको भय फुपुसासुको दर्शन हुने रहेछ् । हुन्थ्यो नि आजकल् मेरो याद आउने भए पो कल गर्थ्यौ । के साथिहरुसँग घुम्न जादा तिमिसित फोन गरेरै बसौ । हिजो त केहि भनेनौ त? आज एक्कासि बनाएछन् के साथिले योजना । तर आज यत्रो मौका फुत्कियो फुपुसासुसित तिम्रो हाता मागेर आउनु पर्ने । मर्ने मन् छ कि क्यहो मलाई । एक्दिन त थाहा हुनुनैछ आजै भन्दिन्थे नि । बद्मास म भोलि आउछु गोद नाइट् लभ यु भन्दै फोन राखि । दिनभरको हिडाई र साझको मस्तिले रात सजिलै बित्यो । बिहान उठ्दा ८ बजेछ म झस्किए अफिसको आलिकति काम बाकि थियो हतार हतार त्यो सक्ने कोसिस गरे । १० बजेतिर उसको म्यासेज आयो साझ ५ बजे सम्म बाग्लुङ् आउछु भेट्ने है भन्दै । हस भनि रिप्लाई दिए अनि लागे अफिस तिर । अफिसको दैनिकि अलि बिजि थियो कामहरु धेरै थुप्रीयका थिए । अझै अफिस पुग्दा हेड अफिसको अनुगमन् भन्ने मेलले झन् झस्कायो । दिनभर फुर्सद् भएन । ४ बजेतिर उसको कल आयो तर उठाउन सक्ने अवस्था थियन । म काममै ब्यस्त भए ५:३० बजे आफिसबाट निस्कदा मोबाइलमा ४५ कल र ४ ओटा म्यासेज् सबै उसैको थिए । म झस्किय उसको अन्तिम म्यासेजले झन् झस्कायो तिम्रो माया कति रहेछ देखाइहाल्यौ नि । ४ पटक् सम्म कल गर्द उसले उठाइन पाचौ कलमा बल्ल उठ्यो उ रिसाउदै भन्न थालि के गर्न फोन गरेको । के गर्न रे के भयो म अफिसमा बिजि थिए आज अनुगमन् आको थियो । बहाना हो तिम्रो उ अझै रिसाउदै थिइ । कुरा मोड्ने प्रयास् गरे कहा भेट्ने त । उ पर्‍याछैन भेट्न किन भेट्नु पर्‍यो भन्दै झर्कन थालि । के हो आज घरदेखि नै धम्काउने योजना बनाएर आको होर? उ केहि बोलिन । म कहा आउ फेरि सोधे पर्दैन म सथिकोम छु भोलि मलै वेट्ने फुर्सद् छ् भने भन्दा भो कि भोलि नि त्यहि अफिस छ । म केहि बोलिन, केहिछिन फोनमै सुन्यता छायो, आउ के सझ एकछिन अनि जाउलि बस यति भने । अन्त्यमा उ सहमत भइ उ । पुरानै ठाउ हल्लनचोकमा भेट्ने कुरो भयो । मनमा अलि कौतुहलता पैदा भयो झन्डै ६ महिना पछि उसको र मेरो फेरि भेट हुदै थियो । एक् पटक मनले मारिसकेको हाम्रो प्रेम फेरि मनको कुनाबाट तुसाउदै थियो । मनले खै अर्कै आभास गर्दै थियो ।
जब उ मेरो अगाडि देखिई म झस्किए उसको पैरन पहिले पहिले जस्तो थिएन । उसका आखामा पहिले झै काजल थिएन नत ओठम लिपिस्टिक नै पोतिएको थियो । उ दुब्लायर सानि बनेझै देखिएकि थिई । उ सदा कुर्था सरवालमा सजिएकि थिई । म उसको त्यो रुप देखेर मेरो मन् अत्तालियो । उ मलाई देख्ने बित्तिकै झ्याम्मै अङगालोमा बाधिई । म उस्को त्यो बनिले अलि अच्म्मित् परे उसले पहिले त्यस्तो ब्यबाहर कहिल्यै देखाएकि थिएन । उ रुन थालि मैले उसको कानमा अरुले देखिरहेको र सन्त हुन भने । उ एक्कासि मेरो अङगालोबाट पर भगि । उस्ले कतै एकान्तमा ठाउमा जाने इच्छा ब्यक्त गरि , हामि लाग्यो रुद्रेपिपल तिर । बाटोमा जादै गर्दा उ निकै मौन थिए उसका आखामा आसु झरिरहेको स्पस्ट देखियो । के भयो भावना तिमि किन रुदै छौ । केहि भएको छैन उस्ले जवाफ् दिइ । नत्र तिम्रो आखामा आसु किन बग्दैछ । जब हामि ब्य्ड्मिन्टन् कवर्डहल सङगैको चौपारिमा बस्यौ उसको रुवाई चर्को भयो । म उसलाई समाल्न असफल् भए , उसको आखाको आसु देखेर मेरो आखा रसाउन थाले बस् मैले उसले झै देखाएर जाहेर गरेको थिएन । उ फेरि मेरो अङ्गालोमा बाधिई र किस गर्न थालि । मै झन् अन्योल्मा परे उसको त्यो प्रबृति देखेर । उ सान्त हुन झन्डै १० मिनेट लाग्यो । उसका रसाएका आखा म आफै पुछिदिए । मन नलाई नलाई सोधे तिमि यत्रो समय कहा हराएको। म बाध्य थिय, घरमा बुबाले हाम्रो कुरा थाहा भएपछि सब कुरा बिग्रीयो मलाई कसैको फोन उठाउन दिनुहुदैनथ्यो नत बोल्न नै , एउटा केटि भएर बाच्न कति गारो हुन्छ त्यो पनि मेरो मेरोजस्तो अबुज परिवारमा तिमि बुझ्दैनौ । मैले अरु धेरै कुरा खोतल्न आवस्यक ठानिन। अनि बाग्लुङ् । मेरो फुपुले यहा कतै जागिर मिलाईदिन्छु र मेरो सामुमा राख्छु भनेसि पठाउनु भा'को । ठिक छनि अब सबि पुरानै जस्तै हुन्छ मैले भन्ने अरु केहि भेटिन । उ फेरि म बिना एक्लिएर बच्न नसक्ने भन्दै रुन थालि । म पनि तिमि बिना बाच्न कहा सक्छु र भावना । यो भन्दा बधि त के भन्न सक्थे र? उसका निर्दोस आखाले मेरो अनुहार हेरिरह्न्थे । तर मेरो आखले उसको अनुहारमा पहिलेको जस्तो खुसि कतै भेटेन । झन्डि १ घण्टाको बसाईपछि हामि छुटिने निधो गर्‍यौ मैले उसलाई मेरो कोठा तिर हुदै बिदा गर्ने बिचार् गरे । उ हुन्छ भन्दै हिडि । मैले फेरि उसका हात समाउदै हिड्ने मौका पाए लाग्यो उसको यो साथ भन्दा ठुलो कुरो केहि छैन यो धर्तिमा। उसको मेरो भेट नभएको कुनै साझ थिएन । पहिले जस्तै गरि साझमा पानिपुरि खाने क्रम् फेरि सुरु भयो । हम्रो समिप्यता निकै नजिक बन्यो सायद यसलाईइ रोक्ने कुनै बार नै थिएन सारिरिक सुखसम्मका सुखहरु साटिइसकेका थिए । सम्य यसरि नै बित्दै थियो । एकदिन उ घर जाने भन्दै मेरो कोठामा आई । १ घण्टा जति बसेर गै छुट्ने बेला उसका आखा रसायका मैले स्पस्टै देखे । त्यो बेला उसको मनमा म प्रतिको प्यार छर्लङ्ग भयो । मनमा अलिकति भएनि सन्तोष पैदा भयो ।
जब उ घर गाई फेरि उ बिलाई, न उसको फोन आयो न उसको म्यसेज फोन गर्दा फोन स्विच अफ भन्थ्यो । आयो त केबल उसको याद मात्रै । मेरा दिन फेरि अधेरिन थाले नत जगिरको लागि आफिस जनै मन लग्न थाल्यो । अफिस गएपनि काममा कुनै दिल लाग्दैनथ्यो । झन्डै १५ दिनपछि उसको म्यासेज आयो, जब म त्यो म्यासेज हेरे धर्ति नै फाटेझै भयो, आकास सबै आफै माथि खसेझै भयो । मुटुमा Heart Attack को दुखाई भएझै लाग्यो । म्यासेजमा लेखियको थियो i am getting marriage । मेरो आसाका सबै कुरा हुरिले उडाएर लग्यो । उ अर्कैको बेहुलै बदै थिए । मैले म्यासेजको उत्तर दिने कुनौ सब्द भेटिन। बस आखामा आसुका धार बग्न थाले । मेरा ति गन्तब्य सबै ढोङ्ग्रा बने । उसको त्यो म्यासेजले मालाइ के बनायो त्यो आफैलाई पत्तो भएन । उसको याद्ले उज्यालो मन् नपर्ने बनायो। मेरो दैनिक जिबन् चक्र सप परिवर्तन् भयो उसको यादमा बस्नु दिन रात रुनु त्यो भन्द बढि मेरो दैनिकि केहि थिएन । न त आफिस जन्न्थे न कोइ साथि सङ्ग भेटघाट नै हुन्थ्यो । बस म फेरि Depression को सिकार बन्न पुगे । उसले बिहे त गरि तर मेर ति सब आसा तथा गन्तब्य टुटेर गए । बस म गन्तब्य बिहिन भए । बस उसको याद्मा दिनरात पागल बन्ने पागल प्रेमि बने ।

कथामा उल्लेखित पात्र तथा स्थान काल्पनिक मात्रै हुन कसैको जिबनसंग मेल खाएमा केबल सँयोग मात्रै हुनेछ।

No comments:

Post a Comment