Thursday, June 22, 2017

गजल


सजाएर सपना, तिम्रो समु भन्न सकिन
बनिसकेछौ अर्कैको, मैले उछिन्न सकिन।।

बशन्तमा बृक्षको पालुवा झै फेर्‍यौ प्रेम पनि
एकहोरो साथ खोजि, पागल् तिम्रै बन्न सकिन ।।

चाहदैमा हुने रहेनछ केहि यो जिन्दगिमा
आफै रोपि फुल्, जरो त्यसकै खन्न सकिन ।।

हुदा पनि अनगन्ति माया यो मेरो मनभरि
उसले जस्तै हजारका नोट, गन्न सकिन ।।

सजाएर सपना, तिम्रो समु भन्न सकिन
बनिसकेछौ अर्कैको, मैले उछिन्न सकिन।।

बाबु लक्ष्मण
२०७४-०३-०८

No comments:

Post a Comment