Monday, December 4, 2017

सन्दर्भ महिला स्वास्थ्य स्वयम सेविका दिवस


लक्ष्मण ढकल
प्रमुख
भकुण्डे स्वास्थ्य चौकि

बिगतका बर्षहरुमाझै एस बर्ष पनि बिबिध कार्यक्रमका बिच आज अर्थात डिसेम्बेर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयम सेविका दिवास मनाइदै छ । उक्त दिवस पहिला ओक्टोबर १ (ओक्तोबेर् १) मा मनाईन्थ्यो भने पछि यसलाइ अन्तराष्ट्रीय स्व्यमसेवक दिवसको दिन् डिसेम्बर ५ (डेकेम्बेर् ५) मा मनाउन थालिएको हो । यस बर्ष " महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा: स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा" भन्ने मुल नाराका साथ यो दिवस मनाईदैछ ।
नेपालमा २०४५ सालमा वडा आधरमा महिला स्वास्थ्य स्व्यम सेविका छनोट गर्न सुरु गरिएको हो । पछि यसलाई जन्सख्याको आधारमा छनोट गर्न थालियो । नेपालमा हाल ५१४१६ जना को हाराहारिमा स्वयम सेविका सेवा गरिरहेका छन । महिला स्वास्थ्य स्वयम सेविकाको छनोट उक्त गाउपालिका नगरपालिका अन्तर्गत पर्ने वडाका टोलाहरुमा रहेको स्वास्थ्य महिला समुहले गर्ने गर्दछन । 
महिला स्वस्थ्य स्वयम सेविक निस्वार्थ सेवा पुर्‍याउने हेतुले काम गर्ने गर्दछन । सेवा गरे बापत उनिहरुले धन्यबाद सिबाए अरु केहि पाउदैन । उनिहरुको मुख्य उद्धेश्य समाजमा रहेका आमा र परिवारलाई स्वस्थ बानाई स्वस्थ बन्न उत्प्रेरित गर्नु हो । उनिहरुले बिशेष गरि गर्भवति महिला, सुत्केरि महिला र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने गर्दछन् । यसका साथै उनिहरुले परिवार नियोजन जस्ता कृयाकलापमा सवास्थ्यकर्मिहरुलाई सहयोग पुर्‍याउदछन् । बालबालिकालाई खोप लागाउन जनचेतना प्रदान गर्नु, अर्धबार्षिक रुपमा भिटामिन "ए" (Vitamin A) र जुकाको औसधि खुवाउनु, झाडापखला लगेको बच्चालाई जिवनजल र जिंक चक्कि प्रदान गर्नु, गर्भवति महिलालाइ नियमित रुपमा घरभेट गर्ने सथै आवास्यक सल्लाहा प्रदान गर्ने । गर्भवति तथा ४५ दिन सम्मका सुत्केरि महिलालाई आइरन चक्कि बितरण गर्न सहयोग गर्नु, स्वस्थ्य सस्थामा प्रसुतिको लागि सल्लाहा दिनु, गर्भवति अवस्थामा देखा पर्ने खतराका लक्षेणको बारेमा जनकरि दिनु, सुतेकेरि हुनु पुर्ब अवास्यक पर्ने तयारिको जानकारि दिने, नवाजात शिसु तथा सुत्केरि महिलालाइ नियमित् रुपमा भेट गर्नु र आवास्यक सल्लह दिनु, आस्वस्यक परेको खण्डमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने, पोषण सम्बन्धि जानकारि प्रदान गर्नु जस्ता कार्य स्व्यमसेविकाले गर्ने गर्दछन् ।

उनिहरुकै देनका कारणले अहिले नेपालमा नवजात मृत्यु मातृ तथा बाल मृत्युदर निकै घटिरहेको छ । उनिहरुले बर्षमा झन्डै ५३% महिलालाई पिल्स चक्कि र ४८% बालबालिकालाई जिबनजल प्रदान गर्ने गरेको तथ्याङ्क स्वस्थ्य सेवा बिभागले आफ्नो बार्षिक प्रतिबेद्दनमा उल्लेख गरेको छ । यो परिपेक्षलाई नजिकबाट नियाल्ने जोकसैले पनि महिला स्वस्थ्य स्वयम सेविकाको भुमिकालाई नकार्न सक्दैनन । महिला स्वस्थ्य स्व्यम सेविका सर्वेक्षण २०१४ (FCHV Survey 2014) को प्रतिबेदन लाई हेर्ने हो भने उनिहरुले दिनम झन्डै ४ घण्टा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याउने गर्दछन्, औसतमा ८३ % स्वयम सेविका साक्षर छन भने उनिहरुको औसत उमेर ३८ बर्ष रहेको छ। 

Friday, September 1, 2017

मुक्तक

संघर्सका अनेक पहाडहरुमा खेल्नुछ तिम्ले
अझै कति कठिनाईहरु जिबनमा झेल्नुछ तिम्ले ।।
साथ छुट्यो भन्दै हार मानेर के गर्छौ बाकि पल,
दुखका अनेकन कहानि मुटुमै धकेल्नुछ तिम्ले

मुक्तक्

 आधि बाटो तारेर छाड्यौ गुनासो छैन्  ।
आस जति मारेर छाड्यौ  गुनासो छैन ।।
लेख्नेले भाग्य मेरो यस्तै  लेखेको रहेछ,
मर्नु न बाच्नु पारेर छाड्यौ गुनासो छैन ।।

मुक्तक

सबैतिर हरेर पनि जिउन सिक्दै छु ।
मन यो मरेर पनि जिउन सिक्दै छु ।।
सपना एउटा देख्छु भैदिदा अर्कै,
एक्लो परेर पनि जिउन सिक्दै छु ।।

Wednesday, August 30, 2017

स्वाइन फ्लू

लक्ष्मण ढकाल
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि

स्वाइन फ्लू एक खतरनाक भाइरस हो । जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा पहिले यसको संक्रमण सन २००९ मा मेक्सिकोमा देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन।
·         H1N1
·         H1N2
·         H3N2 र
·         H3N1
जस मध्ये एच १ एन १ (H1N1) जुन सबैभन्दा खतरनाक र सक्तिसालि भाइरस हो । एच१एन१ को सक्रमण फैलाउनको लागि सुँगुर जिम्मेवार मानिएको छ र इन्फुएन्जा भाइरस जस्तै हुने भएकोले यसको बोलचालको नाम स्वाइन फ्लु भएको हो । हाल स्वाइन फ्लुलाई मौसमी रुघाखोकी कै रुपमा लिने गरिए पनि यो कहिले काहि कडा रुपमासमेत देखिदै आएको छ । यसको संक्रमण भएको एकदेखि सात दिनसम्ममा स्वाइनफ्लुको को लक्षण देखिन सक्छ । लक्षण देखिएको एक दिन अघि  करिव आठ दिनसम्म यो भाइरसको संक्रमण अरुमा सर्ने खतरा हुन्छ ।
सर्ने तरिका
यो रोग स्वाइन फ्लु मौसमी रुघाखोकी (इन्फुएन्जा) को भाइरस जस्तै स्वास प्रस्वासको माध्यमले एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुर बाट यो भाईरस सर्ने गर्दछ। त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणु युक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी।भी।को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड, आदि सतहमा विषाणु घन्टौं जीवित रहन सक्छन् ।
लक्षणहरु
स्वाइन फ्लुमा रुघाखोकी जस्तै लक्षणहरु देखिन्छन । ति लक्षणहरुमा:
·         नाकवाट पानी वग्नु,
·         हाच्छिउँ आउनु,
·         खोकी लाग्नु,
·         तिव्र ज्वरो देखिनु,
·         औषधि खादासमेत ज्वरो नघटनु
·         पखाला लाग्नु,
·         वान्ता हुनु,
·         घाँटीमा खसखस लाग्नु यो बढ्दै जानु,
·         तिव्र टाउको दुखाई,
·         मांसपेसी दुख्नु
·         धेरै बढी थकाइ लाग्नु, आदि पर्दछन ।
यो रोगको प्रकोप निम्नानुसारका ब्यक्ति तथा समुह बुढापाका, ५ वर्ष मुनिका बालवालिका, गर्भवती महिला, मुट, फोक्सो, मृगौला, दम, पार्किन्सन्स, मधुमेही, स्नायु सम्वन्धि रोग भएकाहरु र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरुमा बढि देखिने भएकाले अझ बढि  सजग हुनुपर्दछ ।
बच्ने उपायहरु
·         यो रोगबाट बच्नको निमित्त निम्नकुराहरुमा बिषेश ध्यान पुर्‍याउनुपर्छ :
·         धेरै मानिसको भिँडभाड नबस्ने ।
·         रुघाखोकीलागेको मान्छे संग टाढै बस्ने ।
·         हाच्छिउँ गर्दा खोक्दा टिस्यु पेपर वा सफा रुमालले नाकलाई छोप्ने छोप्दा प्रयोग भएका सामग्रीको उचित व्यवस्थापन गर्ने, त्यस्ता वस्तु राम्ररी धोएर तथा सुकाएरमात्र पुन: प्रयोग गर्ने खोक्दा तथा हााच्छिउँ गरेपछि साबुनपानीले राम्ररी हात धुने
·         हात नमिलाउने अंगालो नमार्ने ।
·         संक्रमित क्षेत्र नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने ।
·         मुखमा मास्क लगाएर हिंड्ने ।
·         साबुन पानीले हात धुने ।
·         आफनो घर, अफिसको ढोका ह्यान्डल, कि वोर्ड, मेचलाई सफा राख्ने  
·         स्वाईन फ्लुको सम्भाबित संक्रमण भएको ब्याक्ती लाई छिटो भन्दा छिटो नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्‍याउने ।
·         शरिरमा पानी लवणको कमी हुन नदिन निरन्तर पानी तरल पदार्थ खाने



Monday, July 31, 2017

सन्दर्भ: बिश्व स्तनपान सप्ताह २०१७

 लक्ष्मण ढकाल (हे.अ.)
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि
विश्व स्तनपान सप्ताह यस बर्ष पनि यहि मंगलबार देखि सुरु भएको छ।यो दिवस सुरुमा वर्ल्ड अलाइन्स फर ब्रेस्ट्फिडिङ भन्ने सस्थाले सन् १९९२ देखि मनाउन थालेको हो। पछि बिश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन १९९५ देखि हरेक बर्ष अगस्त १ देखि ७ तारिख सम्म बिश्व स्तनपान सप्ताह बिश्वभरि नै मनाउने गरिन्छ । बच्चालाइ सुरक्षित तरिकाले स्तनपान गराउनु, स्तनपान सम्बन्धि जनचेतना फैलाउनु, जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको सँख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरुको बारेमा जनसमुदायलाई सचेत गराउने उद्देश्यका साथ हरेकबर्ष यो दिवस मनाउने गरिन्छ । हरेक बर्ष फरक फरक नाराका साथ बिश्व स्तनपान दिवस मनाइने गरिन्छ यो बर्ष पनि " हामि सबै मिलि स्तनपानलाई दिगो बनाउ  " ( "SUSTAINING BREASTFEEDING TOGETHER" ) भन्ने मुल नाराको साथ मनाइदैछ ।
Add caption
सुत्केरी हुने बित्तिकै आमाको पहिलो पहेँलो बिगौती दूध शिशुको लागि निकै अमृत समान हुन्छ । यसले शिशुको मानसिक तथा शारिरिक बिकासमा महत्वपुर्ण भुमिका खेल्दछ । शिशुलाई ६ महिनाको उमेरसम्म आमाको दुध बाहेक अन्य थप खाने कुरा पानी पनि खुवाउनु पर्दैन । आमाको दुधमा शिशुलाइ आवाश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्व प्रोटिन, कार्बोहाईड्रेट, भिटामिन खनिज तथा चिल्लो पदार्थ र पानी हुन्छ । ६ महिना सम्मको शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटक सम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाउदा उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुनुका साथै शिशु स्वस्थ रहन्छ । तर ६ महिनापछि आमाको दुधले मात्रै शिशुलाई आवास्यक पर्ने साम्पुर्ण पौस्टिक तत्वको पुर्ति गर्न नसक्ने हुँदा शिशुलाई आमाको दुधको साथमा थप लिटो, जाउलो, भात, दाल्, गेडागुडिको रस र सागपात जस्ता अर्ध ठोस तथा ठोस आहारा खुवाउनु जरुरि हुन्छ ।
नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ५५% रहेको कुरा नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन् २०१६ माउल्लेख गरिएको छ । यस्तै ६ महिना सम्म पूर्ण स्तनपानको अवसर ६६% प्रतिशत बालबालिकाले मात्रै पाइरहेका छन् । नेपालमा औसतमा एक शिशुलाइ सवा-चार महिना सम्म मात्र पुर्ण रुपमा स्तनपान गराइन्छ भने एक शिशुलाई औसतमा ३४ महिनासम्म स्तनपान गराइने गरेको तथ्याँक नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन २०१६ मा सार्बजनिक भएको छ ।
आमाहरुले उनिहरुको शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले गर्दा शिशुलाई स्तनपान नगराउने गर्छन जसले गर्दा बाल मृत्युको जोखिम दिनानुदिन बढी रहेको छ । तर शिशुलाई नियमीत दूध खुवाउने महिलामा पहिलो ६ महिनामा गर्भवती हुने सम्भवना निकै कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने, छिटो गर्भवती हुनुभन्दा अगाडीकै शारीरिक अवस्थामा फर्किन मद्धत गर्ने, सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय रस्तन क्यान्सरको जोखिम कम हुने शिशुको रोगसँग लड्ने क्षमता बढ्ने, शिशुलाई सिताङ्ग हुनबाट जोगाउने तथा आमा र शिशुबिचको आपसि ममता बढ्दै जाने जस्ता फाइदा हुन्छ । विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पका प्रयोग हुने पदार्थका कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा र बच्चा दुवैलाई बेफाईदा गर्ने त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।

समाप्त।

Thursday, June 22, 2017

गजल

तिमिसँग साथ जिवनभर कटाउन सकिन,
अर्कै रहेछ र पो दिलमा अटाउन सकिन।।

भन्थे हाम्रो यो साथ रहन्छ जुगौ जुगको,
बिछोडको पिडा मैले खटाउन सकिन।।

गएपनि पराईको अँगालोमा सजिएर तिमि,
तिमिप्रति मेरो मुटुमा माया घटाउन सकिन।

बाचेकैछु अझै ति हाम्रा पुराना यादसँगै,
खोज्दैमा तिम्रा तस्बिर हटाउन सकिन।।

किन गार्छ यो मन याद कसैको त्यसरि,
तिमिलेझै मान्छे फेरि सटाउन सकिन।।

गजल


सजाएर सपना, तिम्रो समु भन्न सकिन
बनिसकेछौ अर्कैको, मैले उछिन्न सकिन।।

बशन्तमा बृक्षको पालुवा झै फेर्‍यौ प्रेम पनि
एकहोरो साथ खोजि, पागल् तिम्रै बन्न सकिन ।।

चाहदैमा हुने रहेनछ केहि यो जिन्दगिमा
आफै रोपि फुल्, जरो त्यसकै खन्न सकिन ।।

हुदा पनि अनगन्ति माया यो मेरो मनभरि
उसले जस्तै हजारका नोट, गन्न सकिन ।।

सजाएर सपना, तिम्रो समु भन्न सकिन
बनिसकेछौ अर्कैको, मैले उछिन्न सकिन।।

बाबु लक्ष्मण
२०७४-०३-०८

Monday, January 16, 2017

आसहिन गन्तब्य-निमोठिएको गुलाब् पार्ट २

दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको याद् सिबाय केहि थिएन । निद्राले त आखबाट बसाईसरिसकेको थियो । दिन त जसोतसो काट्थे तर रात कटाउने साथि आसु मात्रै थियो आसुले सिरानि भिजायरै सारा रात कट्थे । मोबाइलको घण्टि बज्नसाथ उनको याद झन बल्झिएर आउथ्यो । आउने प्रत्येक् कलमा उनैको बोलि चाहान्थ्यो मनले । तर उनको नाम लेखेको कल आयन । अहँ आउदै आएन । 
आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो साथिहरुसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिस को आगमन र बोलि सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथि ऐन निकै चिन्तित बनेको थियो दिनउ जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो तर म बाहान बनएरै टार्थे उसलाई ।
एकदिन उ मेरै रुममा आएर कराउन थाल्यो यदि मलाई बचपन देखिको साथि ठान्छस भने मसङ्ग हिड नत्र मसङ्ग कुनै सम्बन्ध छैन भन । उसको यो कुराले मलाई तर्सायो म नचाहेरै भएपनि सहमति जनाए । उसले मलाई घुमाउनको लागि सहर्सथारा लियर गयो त्यहा हम्रा अरु साथिहरु पनि रहेछन नरेस अमोल र समिर पनि । ऐन सँग ति सथिको परिचय मैले नै गराएको थिय दोस्रो बर्ष चल्दै गर्दा ऐन भने मन्यजमेन्ट पढ्थ्यो । सथिहरुसँगको त्यो बसाईले अलिकति सहज भयो त्यो दिन कम्सेकम् उसको याद त्यति आएन म अलिकति एकोहोरिएको थाहा पाउनसाथ साथिहरु बाहाना बनाईहाल्थे हसाउने । त्यस रात अलि सजिलै सुते जस्तो आफुलाइ अनुभब भयो । हाम्रो भेटघाटको क्रम फेरि बाख्लियो, साझ्मा चोकको पसलमा बसेर चिया पिउने क्रम फेरि सुरु भयो ।
यसै बिचमा उसको खबर बुझ्न उसका सबै साथिलाई कल गरे । नबिना, सरिता, अन्जलि, मनिसा कोइ बाँकि राखेन तर उनिहरुको जवाफ नि उस्तै थियो हाम्रो फोन नि उठाउदिन नत उसले नै गर्छे छुटेपछि । म सोच्थे उ कसरि एक्लिएर बाच्न सक्छे म सगँ रिसाए पनि उसका सथिसित त कन्ट्याक्टमा हुनुपर्ने । पिडैपिडाका बिच दिन ब्यथित हुदै गए । समयले उसको याद्को घाउ बिस्तारै पुर्न थाल्दै थियो । म पनि आफ्न दैनिक् कममा फर्कने थाले नतिजा आयो प्रथम श्रेणिमा उतिर्ण पनि भएछु ।
घरबाट जागिर खोज्नको लागि प्रेसर आउन थाल्यो ।धेरै ठाउको कोसिस पछि एक ठाउमा जगिर को लागि अफर आयो । मन निकै खुसि भयो । घरमा फोन गरेर सुनाय, बुबा जागिरको लागि कम्युनिटि सपोर्ट ग्रुप भन्ने NGO बाट फोन आयो, भोलि पोखरा जानुपर्ने भयो अन्तर्बार्ताको लागि ।भोलिपल्ट लागे पोखरा तिर मेरो साथि समिर उतै थियो । उसकै रूममा बस्ने कुरा भयो। निकै रमाईलो भयो त्यो साझ हामि लेखसाईडमा थियो, साचिकैको फरक अनुभुति छुट्टै किसिमको आनन्द त्यो साझको, लाईभ म्युजिक सङ्ग रमाउनुको । बारमै हुँदा फेरि उसको कमिको आवस भयो, उसको साथ त्यहा भएको भए त्यो साझ अझ स्वर्णिम हुन्त्यो होला तर के गर्नु उ निस्ठुरि बनेर म बाट टाढा बनिसकेकि थिई । मन बुझाउने कोसिस गरे ।
साथिले बाटोमा फर्कदै गर्दा भन्यो तलाइ बिच-बिचमा भावना को यादले झस्कायो है । मैले टाउको मात्रै हल्लाय ।
अर्को दिन अन्तर्वार्ता थियो । मनमा अलि अलि डर पनि थियो । लागे कम्युनिटि सपोर्ट ग्रुप्को अफिस नयाबटो तिर । अन्तर्बार्ता सफल भयो, जागिर बाग्लुङ्मै हुने भयो । म मुस्कान सहित बाहिरिय । पहिलो फोन बुबालाई नै गरे तर मन त यो कुरा सुनाउने अरुलाई नै थियो । तर बिबस थिए म सम्झेरै मात्र चित्त बुझाउन । त्यो रात झन् मस्ति मै बित्यो पुरानै ठाउ लेखसाईड अनि साथि समिर ।