तिमिसँग साथ जिवनभर कटाउन सकिन,
अर्कै रहेछ र पो दिलमा अटाउन सकिन।।
भन्थे हाम्रो यो साथ रहन्छ जुगौ जुगको,
बिछोडको पिडा मैले खटाउन सकिन।।
गएपनि पराईको अँगालोमा सजिएर तिमि,
तिमिप्रति मेरो मुटुमा माया घटाउन सकिन।
बाचेकैछु अझै ति हाम्रा पुराना यादसँगै,
खोज्दैमा तिम्रा तस्बिर हटाउन सकिन।।
किन गार्छ यो मन याद कसैको त्यसरि,
तिमिलेझै मान्छे फेरि सटाउन सकिन।।
No comments:
Post a Comment