Monday, September 15, 2014

गजल

सायद् म तिम्रो लायक भयनकि
तिमिलाई पुग्नेगरि माया लायनकि।

किन सारै अबुझ् बन्डैछौ आज भोलि
तिम्रै खुसिको निम्ति रातदिन धायनकि।

समेटेकैहुँ अफ्ठ्यारो परिस्थितिमा सधैँ
तिम्रो दुखमा मैले कतै साथ दियनकि।

नभाग तिमि आज म बाट टाढा टाढा
तिम्रै निम्ति समजको घृणा पायनकि।

सायद् म तिम्रो लायक भयनकि
तिमिलाई पुग्नेगरि माया लायनकि।

Wednesday, May 7, 2014

गजल

तिमिपनि एकदिन आंसुमा डुब्नेछौ सानु 
मेरो मायाको मर्म तिमिले बुझ्नेछौ सानु

सोचेजसतो सरल् छैन यो जिन्दगि
बुझ्नेछौ मलाई जब एक्लो बन्नेछौ सानु

सधैभरि मिल्ला र काँहा त्यो खुसि
दुख बुझ्ने मेरो यो खोजिमा जल्नेछौ सानु

सारै मक्ख नपर भो जिबनसँग  सानु
तरस् तरस् हुनेछौ जब प्रेममा बल्नेछौ सानु

बिगृयको छैन केँहि सोच जिन्दगिलाई

समालिय लछुको  मुटुमा पक्कै फुल्नेछौ सानु

Monday, April 14, 2014

गजल

कसलाइ थाह नहोलर कुराईको पिडा
मुटु भित्र भित्रैको डुखाईको पिडा

नहोलार मलाई सुखि बन्ने रहर्
बहिरि हसो भित्र मन रुहाईको पिडा

सम्भब् छैन सबै सोचेको पुग्नलाइ
तर कसैको याद्म झुलाईको पिडा

खोज्दैछु जिबन्, अनि तिमिलाई
थाहा छ  मलाइ त्यो भुलाईको पिडा

नभनेनि 'लछुको' मनै भित्र पासि सक्यो

त्यो तिम्रै मिठो मुस्कान् लुकाईको पिडा

Tuesday, March 25, 2014

मुक्तक

जति टाढा झनै गाढा बन्दै गयो याद मायाको
आंखा चिम्ले आई हाल्ने त्यो याद मायाको
नबोलेर नहुने नत बोलेरै मेट्न सकिन्छ यहा

नसा मा बग्ने रगत् जस्तै भयो याद मायाको

गजल

जिबन् काट्ने हजरौ बाटा हुन सक्छन
मायाको थरिथरिक पाटा हुन सक्छन

निस्चित् उपलब्धिबिना पनि हिड्दैछु
जिबन काट्ने हरेक साटा हुन सक्छन

आज समय तिम्रो बसमा छ, हैन मेरो
सुकेका हंगापनि जिबनका आखेटा हुन सक्छन

निस्ठुरि नबन त्यसरि कसैसंग पनि तिमि
अप्ठरोमा साथ दिने तिनै पखेटा हुन सक्छन

जिबन् काट्ने हजरौ बाटा हुन सक्छन
मायाको थरिथरिक पाटा हुन सक्छन

गजल

सोच्दैछु अब यौट नया सहर बनाउछु,
तिम्रै यादमा बाच्न सक्ने प्रहर् बनाउछु ।

बिर्सियर् सबै हम्रा बिगतक कुरा,
टुक्रतुक्र जोडि सुन्फर् यौटा सागर बनाउछु।

के नै गर्नु छ र अब जिबनमा,
देसको लागि काम् गर्ने जागर बनाउछु।

यो दुनियामा सघर्समानै बाच्न सक्छु,
तिमिबिनाकै यौट अर्को नया प्रहर् सजाउछु।।

सोच्दैछु अब यौट नया सहर बनाउछु,

तिम्रै यादमा बाच्न सक्ने प्रहर् बनाउछु ।

Monday, March 24, 2014

मुक्तक

नसा रैछ क्यारे तिम्रो माया लायपछि थाहा भो
सुस्तरि यो मन तीमीतिर धायपछि थाह भो
कसरि पोख्नु यो दुनिया सामु मायाका कुरा

तिमि एक्ला एक्लै भयपछि थाहा भो ।।

गजल

जिबनमा मैले यो कस्तो निशfना देखेछु,
तिम्रै यादमा बाच्न खोज्ने चाहना देखेछु ।।

त्यो तिम्रै मझेरिमजन्ति संगै डोलि लगेको,
fच्चै आज राति कति सुन्दर सपना देखेछु ।।

आलंकारिक् भावनमा बहकिदै चल्न सक्ने,
शृस्टिको यो कस्तो बिचित्रको बाहना देखेछु ।।

सहजता असहजता जे परोस जिन्दगिमा,
तिमिसंगै मात्र जिबनको साधना देखेछु ।।

बास्तबिकतf भन्न कत्ति पर छैन अब ,

गुम्शियर रहेको तिम्रै ति भावना देखेछु ।।

मुक्तक

तिमि संगै समय बिताउने रहर छ सानु,
जिबनका हरेक् पल् सजाउने रहर् छ सानु,
अप्ठारो सजिले जे परोस तिम्रो जिबनमा,

बाडिचुँडि त्यो खुसि बिसाउने रहर छ सानु।।