Thursday, September 24, 2020

गजल

देखेर सपना तिम्रै, मन्जिल एउटै बनाउन सकिन
यत्रा रोजेथे कठिन, हात त्यो सधै थमाउन सकिन ।।
बनायो कमजोर झार्यो आसु सम्झेरै ति अतित
देखाएरै हिडे हासो , भित्री मन रमाउन सकिन ।।
उस्तै लाग्थ्यो मलाई आफ्नैझै त्यो दिलको माया
बसन्तमा रुखले झै पात फेरि नाम कमाउन सकिन ।।
बन्न थाल्यौ तरस तरस तिमि मेरो सामु रहदा
आफ्नै ठानि अधिकार तिमिमा जमाउन सकिन ।।
निकै परिवर्तन भइछौ आजाभोलि खै केले हो कुन्नि
रुप फेरिएछ तिम्रो, देखे दोबाटोमा ठम्माउन सकिन ।।

मुक्तक

 पिडा सङै पीडा नदिलाउन काली।

कठोर बनी मन नसिलाउन काली।।

बाच्नै नसक्ने भाको छु तिमिबिना,
घाउमाथी नुनचुक नमिलाउन काली।।

Tuesday, July 31, 2018

सन्दर्भ: बिश्व स्तनपान सप्ताह २०१८




विश्व स्तनपान सप्ताह यस बर्ष पनि यहि बुधबार देखि सुरु भएको छ। उचित स्तनपानले बार्षिक रुपमा झण्डै ८,२०,००० शिशुहरुको जिबन रक्षा गर्न सकिन्छ ।  यो दिवस सुरुमा वर्ल्ड अलाइन्स फर ब्रेस्ट्फिडिङ भन्ने सस्थाले सन् १९९२ देखि मनाउन थालेको हो। पछि बिश्व स्वास्थ्य संगठन युनिसेफको अगुवाईमा सन १९९५ देखि हरेक बर्ष अगस्त देखि तारिख सम्म बिश्व स्तनपान सप्ताह बिश्वभरि नै मनाउने गरिन्छ बच्चालाइ सुरक्षित तरिकाले स्तनपान गराउनु, स्तनपान सम्बन्धि जनचेतना फैलाउनु, जन्मेको घण्टाभित्र स्तनपान गराउनेको सँख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरुको बारेमा जनसमुदायलाई सचेत गराउने उद्देश्यका साथ हरेकबर्ष यो दिवस मनाउने गरिन्छ हरेक बर्ष फरक फरक नाराका साथ बिश्व स्तनपान दिवस मनाइने गरिन्छ यो बर्ष पनि " स्तनापान: जिबनको आधर " ( "Breastfeeding: Foundation of Life" ) भन्ने मुल नाराको साथ मनाइदैछ
सुत्केरी हुने बित्तिकै आमाको पहिलो पहेँलो बिगौती दूध शिशुको लागि निकै अमृत समान हुन्छ यसले शिशुको मानसिक तथा शारिरिक बिकासमा महत्वपुर्ण भुमिका खेल्दछ शिशुलाई महिनाको उमेरसम्म आमाको दुध बाहेक अन्य थप खाने कुरा पानी पनि खुवाउनु पर्दैन आमाको दुधमा शिशुलाइ आवाश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्व प्रोटिन, कार्बोहाईड्रेट, भिटामिन खनिज तथा चिल्लो पदार्थ पानी हुन्छ महिना सम्मको शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान शुरु गरिसक्नुपर्ने २४ घण्टामा देखि १० पटक सम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ शिशुलाई वर्षसम्म निरन्तर आमाको दूध खुवाउदा उनीहरुको बौद्धिक शारीरिक विकास छिटो हुनुका साथै शिशु स्वस्थ रहन्छ तर महिनापछि आमाको दुधले मात्रै शिशुलाई आवास्यक पर्ने साम्पुर्ण पौस्टिक तत्वको पुर्ति गर्न नसक्ने हुँदा शिशुलाई आमाको दुधको साथमा थप लिटो, जाउलो, भात, दाल्, गेडागुडिको रस सागपात जस्ता अर्ध ठोस तथा ठोस आहारा खुवाउनु जरुरि हुन्छ
नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ५५% रहेको कुरा नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन् २०१६ माउल्लेख गरिएको यस्तै महिना सम्म पूर्ण स्तनपानको अवसर ६६% प्रतिशत बालबालिकाले मात्रै पाइरहेका छन् । नेपालमा स्तनपान गराउनुपुर्ब प्रति १० बच्चामा ३ जना बच्चालाई घिउ, मह चिनि लगाएतका कुरा खुवाउने गरिन्छ । नेपालमा औसतमा एक शिशुलाइ सवा-चार महिना सम्म मात्र पुर्ण रुपमा स्तनपान गराइन्छ भने एक शिशुलाई औसतमा ३४ महिनासम्म स्तनपान गराइने गरेको तथ्याँक नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन २०१६ मा सार्बजनिक भएको
आमाहरुले उनिहरुको शारीरिक सौन्दर्य बिग्रने डरले बच्चाको छिटो विकास हुने भ्रमले गर्दा शिशुलाई स्तनपान नगराउने गर्छन जसले गर्दा बाल मृत्युको जोखिम दिनानुदिन बढी रहेको तर शिशुलाई नियमीत दूध खुवाउने महिलामा पहिलो महिनामा गर्भवती हुने सम्भवना निकै कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने, छिटो गर्भवती हुनुभन्दा अगाडीकै शारीरिक अवस्थामा फर्किन मद्धत गर्ने, सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय र स्तन क्यान्सरको जोखिम कम हुने शिशुको रोगसँग लड्ने क्षमता बढ्ने, शिशुलाई सिताङ्ग हुनबाट जोगाउने तथा आमा शिशुबिचको आपसि ममता बढ्दै जाने जस्ता फाइदा हुन्छ विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पका प्रयोग हुने पदार्थका कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा बच्चा दुवैलाई बेफाईदा गर्ने त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको

लक्ष्मण ढकाल (हे..)
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि

Monday, December 4, 2017

सन्दर्भ महिला स्वास्थ्य स्वयम सेविका दिवस


लक्ष्मण ढकल
प्रमुख
भकुण्डे स्वास्थ्य चौकि

बिगतका बर्षहरुमाझै एस बर्ष पनि बिबिध कार्यक्रमका बिच आज अर्थात डिसेम्बेर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयम सेविका दिवास मनाइदै छ । उक्त दिवस पहिला ओक्टोबर १ (ओक्तोबेर् १) मा मनाईन्थ्यो भने पछि यसलाइ अन्तराष्ट्रीय स्व्यमसेवक दिवसको दिन् डिसेम्बर ५ (डेकेम्बेर् ५) मा मनाउन थालिएको हो । यस बर्ष " महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा: स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा" भन्ने मुल नाराका साथ यो दिवस मनाईदैछ ।
नेपालमा २०४५ सालमा वडा आधरमा महिला स्वास्थ्य स्व्यम सेविका छनोट गर्न सुरु गरिएको हो । पछि यसलाई जन्सख्याको आधारमा छनोट गर्न थालियो । नेपालमा हाल ५१४१६ जना को हाराहारिमा स्वयम सेविका सेवा गरिरहेका छन । महिला स्वास्थ्य स्वयम सेविकाको छनोट उक्त गाउपालिका नगरपालिका अन्तर्गत पर्ने वडाका टोलाहरुमा रहेको स्वास्थ्य महिला समुहले गर्ने गर्दछन । 
महिला स्वस्थ्य स्वयम सेविक निस्वार्थ सेवा पुर्‍याउने हेतुले काम गर्ने गर्दछन । सेवा गरे बापत उनिहरुले धन्यबाद सिबाए अरु केहि पाउदैन । उनिहरुको मुख्य उद्धेश्य समाजमा रहेका आमा र परिवारलाई स्वस्थ बानाई स्वस्थ बन्न उत्प्रेरित गर्नु हो । उनिहरुले बिशेष गरि गर्भवति महिला, सुत्केरि महिला र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्ने गर्दछन् । यसका साथै उनिहरुले परिवार नियोजन जस्ता कृयाकलापमा सवास्थ्यकर्मिहरुलाई सहयोग पुर्‍याउदछन् । बालबालिकालाई खोप लागाउन जनचेतना प्रदान गर्नु, अर्धबार्षिक रुपमा भिटामिन "ए" (Vitamin A) र जुकाको औसधि खुवाउनु, झाडापखला लगेको बच्चालाई जिवनजल र जिंक चक्कि प्रदान गर्नु, गर्भवति महिलालाइ नियमित रुपमा घरभेट गर्ने सथै आवास्यक सल्लाहा प्रदान गर्ने । गर्भवति तथा ४५ दिन सम्मका सुत्केरि महिलालाई आइरन चक्कि बितरण गर्न सहयोग गर्नु, स्वस्थ्य सस्थामा प्रसुतिको लागि सल्लाहा दिनु, गर्भवति अवस्थामा देखा पर्ने खतराका लक्षेणको बारेमा जनकरि दिनु, सुतेकेरि हुनु पुर्ब अवास्यक पर्ने तयारिको जानकारि दिने, नवाजात शिसु तथा सुत्केरि महिलालाइ नियमित् रुपमा भेट गर्नु र आवास्यक सल्लह दिनु, आस्वस्यक परेको खण्डमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने, पोषण सम्बन्धि जानकारि प्रदान गर्नु जस्ता कार्य स्व्यमसेविकाले गर्ने गर्दछन् ।

उनिहरुकै देनका कारणले अहिले नेपालमा नवजात मृत्यु मातृ तथा बाल मृत्युदर निकै घटिरहेको छ । उनिहरुले बर्षमा झन्डै ५३% महिलालाई पिल्स चक्कि र ४८% बालबालिकालाई जिबनजल प्रदान गर्ने गरेको तथ्याङ्क स्वस्थ्य सेवा बिभागले आफ्नो बार्षिक प्रतिबेद्दनमा उल्लेख गरेको छ । यो परिपेक्षलाई नजिकबाट नियाल्ने जोकसैले पनि महिला स्वस्थ्य स्वयम सेविकाको भुमिकालाई नकार्न सक्दैनन । महिला स्वस्थ्य स्व्यम सेविका सर्वेक्षण २०१४ (FCHV Survey 2014) को प्रतिबेदन लाई हेर्ने हो भने उनिहरुले दिनम झन्डै ४ घण्टा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्‍याउने गर्दछन्, औसतमा ८३ % स्वयम सेविका साक्षर छन भने उनिहरुको औसत उमेर ३८ बर्ष रहेको छ।