Friday, September 1, 2017

मुक्तक

संघर्सका अनेक पहाडहरुमा खेल्नुछ तिम्ले
अझै कति कठिनाईहरु जिबनमा झेल्नुछ तिम्ले ।।
साथ छुट्यो भन्दै हार मानेर के गर्छौ बाकि पल,
दुखका अनेकन कहानि मुटुमै धकेल्नुछ तिम्ले

मुक्तक्

 आधि बाटो तारेर छाड्यौ गुनासो छैन्  ।
आस जति मारेर छाड्यौ  गुनासो छैन ।।
लेख्नेले भाग्य मेरो यस्तै  लेखेको रहेछ,
मर्नु न बाच्नु पारेर छाड्यौ गुनासो छैन ।।

मुक्तक

सबैतिर हरेर पनि जिउन सिक्दै छु ।
मन यो मरेर पनि जिउन सिक्दै छु ।।
सपना एउटा देख्छु भैदिदा अर्कै,
एक्लो परेर पनि जिउन सिक्दै छु ।।