Thursday, December 1, 2016

निमोठिएको गुलाफ

मङ्सिर महिना भर्खर झरिका दिन पार गर्दै चिसोले स्वागत गर्दै गरेको महिना यसै सँगै सुरु हुन लगेको मेरो जिबनको नौलो अध्याय । भर्खर स्कुले पढाई सकेर कलेज जिबन् सुरु गर्दै थिय म । स्वास्थ्य मेरो पहिलो रोजाई अनि त्यसैलाई सफल् बनाउन सुरु गर्न लगेको मेरो अध्यान एच ए । कलेजको पहिलो दिन् थियो म अलि ढिलो उठ्न पुगेछु मङसिरे जाडोले होकि कलास ६ बजे सुरु हुन्थ्यो म बिउजिदै त्यो भन्द ५ मिनेट समय ज्यादा भैसकेको थियो जाडोले बिस्तारा छोड्ने मन् नहुद नहुदै पनि म हतारियर उठे र फ्रेश हुन लागे । कलेज जाने क्रममा ममा छुट्टै किसिमको डर पैदा भयो पहिलो कलस, म झण्डै आधा घण्टा ढिलो जादै थिय ।
कलेज भित्र छिरे सिधै नोटिस बोर्डतिर हेरे हाम्रो कलास डि ब्लकको ३ नं रुममा चल्दै रहेछ । अरु वास्ता नगरि म सिधै कलास तिर लागे । मेरो आगमनले कोठाको एकाग्रता भंग हुन पुग्यो । म डराउदै भित्र छिरे र अन्तिम बेन्च तिर लागे। पहिलो दिनमै डा संयोग पौडेल सरले Anatomy को कलास लिदै हुनुहुदो रहेछ् भर्खर परिचय सकेर, म नजिकैको साथि भन्दै थियो । उसको नाम समिर् रहेछ, समिर शर्मा घर म्यग्दि रहेछ उ सँगको छोटो परिचय भयो। मेरो कलासका अरु साथिसङ परिचय भको थिएन ।
एकैछिनमै मेरो नजर अर्को तर्फको अन्तिम बेन्चतिर पर्न गयो एउटि निकै सुन्दर केटि बसिरहेकि थिइ । उसले पहेलो कुर्था लगएकि थिइ, आँखाम बाक्लै गाजल लगायकि, उसका आँखा निकै नसालु देखिन्थे । मेरो नजर उसँगै जोडले ठोकिन पुगे मनमा छुट्टै कतुहलता महसुस् हुन थाल्यो । मेरो ध्यान anatomy कलास भन्दा उतिर नै गयो । घडिमा सात बज्नासाथ घण्टि पनि बज्यो पिरियड सकिएको जनाउदै सर आजको कलास सकियो भन्दै हजिर उतर्ना थाल्नु भयो यो सँगै मनमा एउटा नौलो आस पलायो । उसको नाम सुन्ने । तर म जति खुसि थिय त्यति नै दुखि बने कारण सरले नाम होइना रोल नं अनुसार बोलाउन थल्नुभो मेरो रोल नं ५ रहेछ फेरि मेरो ध्यान उतिरै गयो उसको रोल नं रहेछ १३ । उ चुलबुले भयपनि बेला बेला मा तर्फ हेरिरहन्थी अनि म उसको नजरबाट भागि आगादि हेरेको नाटक गर्थे ।
पिरियड ग्यापको समयम मेरो थप् २ जना साथिसित परिचय भयो एउटाको नाम नरेश रहेछ उ हुम्लाको थियो अनि अर्को चै अमोल उ नेपालगन्जको थियो । यो सँगै हम्रो ४ जनाको छुट्टै समुह बन्यो । साथि त्यस्तो नाता जो बन्न कुनै चिजको आवास्यकता पर्दैन । नियमित कलास चल्दै गए । समय छुट्टियो ब्रेकको लागि हामि ४ जना जुन भर्खरैको दौतरि थियो लाग्यौ खाजा खान क्यन्टिन तर्फ । सबै कलासको ब्रेक टाइम जुधेर होला क्यान्टिन खचाखच भरिएको थियो कुनाम एउटा टेबल खलि थियो त्यो पनि ३ जना मात्रै बस्न मिल्ने हामि त्यतै लाग्यौ । ३ जना साथिहरु पालै पालो बस्दै गए , अभाब म मा खड्कियो । तल हेर्ने बित्तिकै मेरो नजर फेरि उसित ठोक्किन पुगे । जो पहेलो कुर्ताम थिई, अन्तिम बेन्चमा । कतैबाट मधुर अवाज आयो बस्नुस भन्दै, मेरो उतिर रहेको एकाग्रता भङ्ग भयो । त्यो आवाज् उसैको थियो जसलाई मा बिहान् देखि पछ्याईरहेको थिए । मैले बल्ल ख्याल् गर्न भ्याय एक जना बस्ने ठाउ खालि रहेछ । मलाइ त्याहा बस्न अलि सङ्कोच लाग्यो । हिम्मत गरेरै बसे । हामि खजा खानै तल्लिन भयौ, मनमनै सोचे म भाग्यमानि नै रहेछु मनेले छोएको उनि, उनिसङगै खाजा खादै म तर अपरिचित ।
मेरो मनभित्रको एउटा कौतुहलताको अझै निराकरण भएको थिएन उनिसँग परिचित पात्र बन्ने? यतिकैमा मेरो सामुन्नेबट उनि बिलय भईन । नाजवाफ मेरो मनलाइ लिएर नै छुट्टिनुपर्ने बेला भयो । म सिधै आफ्नो कोठातिर लागे, रामरेखा । मन निकै चन्चल बन्यो यस्तो लाग्यो उसको त्यो चुलबुले बानि मैमा समाहित भयो एकै नजरमै बिना चिनजान । दिन र रात उसकै कल्पना मा बित्यो । मनमा उसङ्ग जोडिने तारङ्ग लिएरै सुते । बिहान ४ बजे नै निद्रले आखाको सामिप्य छोड्यो केहि समय छटपटिमै बित्यो , तायार भैइ लागे कलेज तर्फ ।
सँयोग भनौ या के भनौ मेरो भेट उनै सङ्ग भयो दुरसन्चार रोड्मा । उनि हिजोकै पैरनमा थिईन । मनमा नानाथरि कुराले भुईचालो निम्त्यायो । मेरो लागि उनिसङ्ग परिचित हुने सुनौलो अवसर थियो, त्योभन्दा बढि डर पनि । हिम्मत् गरेरै त्यो सम्बाद बिहिनतालाई तोड्न खोजे,

Wednesday, September 28, 2016

सन्दर्भ: बिश्व मुटु दिवस २०१६


लक्ष्मण ढकाल
हिल स्वस्थ्य चौकि
www.facebook.com/blogger.laxman

मानब सरिरका मुख्य अँग मध्य मुटु पनि एक हो । यसले मानव सरिरलाई चाहिने आवस्यक पोषक तत्वलाइ रगतको माध्यमदुवरा  कोससम्म पुर्‍याउने बिशेष कार्य गर्दछ । आजको दिनमा मुटुरोग मनिसवको अल्पायुमा हुने मृत्युको प्रमुख कारण बन्दै गएकोछ । मुटुरोगलाइ कार्डियोभास्कुलर डिजिज (सिभिडि) (Cardiovacular Disease CVD) भनेर पनि चिन्ने गरिन्छ । अल्पायुमा हुने मृत्युको झन्दै ८०%  मुटुरोगकै कारणले हुनेगर्दछ । मुख्य मुटुरोगहरुम कोरोनरि धमनिमा हुने रोग(Coronary Artery Disease), हृदयघात् (Heart Attack) र एरिदमिया (Arrythmias) पर्दछन ।  यस्ता रोगहरु नेपलजस्ता बिकासउन्मुख देशका साथै बिकसित देशरुमा पनि उत्त्तिकै मात्रामा देखिनुका साथै जनस्वास्थ्यमा थपिएको नया चुनौति बन्न पुगेको छ । मुटुरोग लाग्नुको मुख्य कारण खानपान तथा जिबनसैलिमा आएको परिवर्तन नै हो ।
बिश्व मुटु दिवस बिश्व मुटु दिवसको स्थपना सन २००० मा बिस्वका सबै मानिसहरुलाइ मुटु रोग र स्ट्रोक (स्ट्रोके) मनिसको मृत्यु हुने प्रमुख् कारण रहेको जानकारि दिन उद्धेस्यका साथ भएको हो। यो दिवस प्रत्येक बर्ष अङ्ग्रेजि पात्रोअनुसार सेप्टेम्बर २९ (सेप्टेम्बेर्-२९) मा मनाईने गरिन्छ । यो बर्ष पनिआज अर्थात असोज १३ गते (September-29) देशभरि नै बिबिध कार्यक्रम गरि यो दिवस मनाइदैछ । यस बर्षको लागि बिस्व मुटु दिवसको नार "POWER YOUR LIFE" भन्ने रहेको छ । यसै मुल नाराका साथ बिश्व मुटु दिवस यो बर्ष पनि मनाइदैछ । बिस्व मुटु दिवसले मुटुसम्बन्धि जोखिम घटाउन साथै एक स्वच्छ मुटु बनाउन अभिप्रेरित गर्दछ ।
मुटुरोगलाइ बढवा दिने मुख्य कुराहरुमा परिवर्तनसिल कुराहरु जस्तै उच्च रक्तचाप (High Blood Pressure), मधुमेह (Diabetese), चुरोटको सेवन, बिलासि जिबनसैलि, बोसो बढि भएको खाना, मोटोपन (Obesity), तनाब (Stress), राक्सिको अत्याधिक सेवन र सारिरिक ब्यायमको कमि आदि पर्दछन । माथि उल्लेखित सम्पुर्ण चिजलाइ हामि आफ्नो ब्यबाहार परिवर्तनको माध्यमबाट परिवर्तन गर्न सक्दछौ । साथै अपरिवर्तनसिल तत्वहरुमा आफ्ना पुर्बजमा मुटुरोग हुनु, जातियता र उमेर पर्दछन । यस्ता कारनलाइ हामि चाहेर पनि परिवर्तन गर्न सक्दैनौ ।

Wednesday, July 13, 2016

मुक्तक

एक्लो केबल एक्लो जीवन बन्दैछ ।।
छोड्दिउ यो संसार मन भन्दैछ ।।
मन र मस्तिस्क बिच युद्ध भयसी,
चपेटामा पर्‍यो मुटु, धड्कन गन्दैछ ।।

मुक्तक

सम्झना मात्रै पलपल, रहर अधुरो
छैनौ तिमी मेरो साथ, सहर अधुरो
सजायका सपना दुई-किनारा बन्दा
न मार्छ न बचाउछ, जहर अधुरो ।।

मुक्तक

अधेरिमा तिम्रो याद्ले अताउछ किन?
पुराना ती दिन सम्झी मताउछ किन?
सधैभरी हुनुरैछ म वारि तिमी पारी,
समयले मलाइमात्रै सताउछ किन?

मुक्तक

भत्कियको यो मनलाई जोड्छै र तिमिले ?
उजाडिएको घरको मुहार मोड्छौ र तिमिले ?
ओईलाउदै गाको छ मेरो मनको फुलवारी,
निसँकोच आफ्नै ठानि गोड्छौ र तिमिले ?

मुक्तक

तिम्रै यादको मन्दिर मनमा बनाउनु गल्ती भो ।
अफ्ठ्यारोमा तिम्रो हात समाउनु गल्ती भो ।
यो स्वार्थी दुनिया त्यस्तै रहेछौ तिमी पनि ।
दुई दिनको खुसी सम्झी रमाउनु गल्ती भो ।

गजल

सम्झनामा मात्रै तिमी आएर के पाए
झुटा रहेछ्न ती कसम खाएर के पाए ।।
रहेनछौ जस्तो लाग्यो तिमी नसिबमै
नछुटिने भन्दै माया लाएर के पाए ।।
तिम्रो त्यो साथ रहेछ धन हुदा सम्म
आफ्नै भनी दिन रात धाएर के पाए ।।
बुझ्नु पर्ने मैले तिम्रो बनावटी हासो
इश्वर सामु तिम्रो हासो माएर के पाए ।।
न सफल भयो जीवन न त माया नै
केही दिनको खुसी मनाएर के पाए ।।
ढकाल लक्ष्मण
२०७३-०३-२६

गजल

तस्बिर हेरेर यी शब्दहरु लेख्दैछु
सक्दै नसकेर यी शब्दहरु लेख्दैछु

थाहा छैन खास म कस्का लागी ?
किन यतीखेर यी शब्दहरु लेख्दैछु

हुनत खुशी म भन्दा टाढाको कुरा हो
नजीकै खोजेर यी शब्दहरु लेख्दैछु

अब मलाइ चीन्ता न आफ्नो न त अर्काको
आफैलाइ ढाटेर यी शब्दहरु लेख्दैछु

मलाइ लाग्दैन भगवान दोषी हुन्छन


असल सोचेर यी शब्दहरु लेख्दैछ

Sunday, May 22, 2016

उच्च रक्तचाप एक परिचय

लक्ष्मण ढकाल 
हिल स्वस्थ्य चौकि 
www.facebook.com/blogger.laxman

उच्चरक्त्चाप एक बिस्वब्यापि स्वस्थ्य समस्याको रुपमा देखा परेकोछ । बिस्वका झण्डै ५०% , ६० बर्ष उमेर पुगेका मानिशहरु यसको सिकार बनिसकेका छन। यो रोग समान्यतया पाको उमेरमा देखिने भयतापनि आजाकल जिबनसैलिमा आयको परिवर्तनका कारण सबै उमेर समुहमा बिकाराल रुपमा देखिदै आएको छ । बिश्वका २०% युवाहरुमा उच्च रक्तचाप भयको कुरा बिभिन्न अध्यानबाट पुस्टि भएको छ। यस बर्ष पनि आज अर्धात् MAY 17 तारिकका दिन बिश्व उच्च रक्तचाप दिवस "आफ्नो ब्लड प्रेसरको स्थिति थाहा पाउ" '’Know Your Blood Pressure" भन्ने मुल नाराका साथ मानाईदै छ । 
उच्च रक्तचाप भन्नले सिस्टोलिक् ब्लाड प्रेसर(Systolic Blood Pressure) १४० mm of Hg र डयस्टोलिक ब्लाड प्रेसर (Diastolic Blood Pressure) ८० mm of Hg भन्दा बढि हुनु लाइ बुझिन्छ । मानिसको सामान्य ब्लड प्रेसर १२०/८० हुन्छ। उच्च रक्तचापको ९७% काअरक् तत्वहरु अझै पनि अनबिज्ञ छ। अन्य कारक तत्वमा बिलासि जिबनसैलि, रक्सि तथा चुरोतको सेवन मोतोपना, गर्भवति अवस्था मृगौला तथा पिसाब् रोगहरु आदि रहेका छन्।
उच्च रक्ताचाप् हुदा मनिशमा टाउको भरि हुने सामान्य देखि कडा रुपमा टाउको दुख्ने जिझिने, रिगाटा लाग्ने जस्ता समस्या सुरुम देखा पर्दछन् । यदि लामो समयसम्म औसाधि सेवन नगरेको खन्डमा मृगौला तथा मस्तिस्क लाइ खराब् गरि फेलरको अवस्थामा ल्याउदछ। यसको समयमै परिक्षण गरि सजक् हुनु निकै नै जरुरि छ ।
यसको उपचार्को दुइ तरिकाले गरिन्छ् प्रथमत आउसधि बिन गरिने उपचार पध्धति (Non pharmacological Treatment) जसमा १ तौलम कमि लयाउनु , २ रक्सिको सेवन् नगर्ने, ३ खानामा नुनको मात्रा घताउने, ४ खानामा पोटसिएमको(Potacium) मत्रा नियन्त्रण गर्ने, ५ चुरोट सेवन नगर्ने, ६ दिन्मा कम्तिमा पनि ३० मिनेट सारिरिक ब्याम गर्ने आदि । यसको उपचारको अर्को पातो भनेको औसधि प्रयोग् गरेर गरिने उपचार हो । समान्यतया उच्च रक्तचापको औसधिको सेवन पछि जिबन्भरि नै सेवन् गर्नु पर्ने हुन सक्छ यदि बिचैम औसधि लिन छोडेमा समस्या झन बिकराल बन्दै जान्छ । आउसधिको सेवन् गरेर मत्रै पनि यदि जिवन् सैलिमा परिवर्तन् ल्याउन सकियन भने ब्लड् प्रेसर नियन्त्रण नहुने सभावना निकैनै उच्च हुन्छ। औसधिको सेवनले उच्च रक्तचापका कारणले हुने मस्तिकघात हृदयघात र दिर्घ मृगौला रोग हुन बाट बचाउछ। यसको रोकथामको लागि तौल नियन्त्रण, दैनिक सारिरिक ब्याम, नुन र रक्सिको सेवनम सवधानि, खानामा पोटासियमको मात्रा बृद्धि खानामा मासुजन्य बस्तुको कम प्रयोग र प्रसस्त सग्पात तथा फल्फुलको प्रयोग आदि रहेका छन् ।

Thursday, March 24, 2016

सन्दर्भ बिश्व क्षयरोग दिवस

लक्ष्मण ढकाल
हिल स्वास्थ्य चौकि हिल गल्कोट
www.facebook.com/blogger.laxman
क्षयरोग एउटा सङ्क्रामक सरुवा रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस (Mycobacterium Tuberculosis) नामक किटाणुको सङ्क्रमणबाट देखा पर्ने गर्दछ । यो रोगको किटणु Mycobacterium Tuberculosis २४ मर्च १८८२ मा जर्मन् बैज्ञानिक डा रबर्ट कोक (Dr. Robert Koch) ले पत्ता लगाएका हुन साधारण भाषामा यसलाई टिबी लागेको भनेर चिनिने गरिन्छ । मुख्य रुपमा फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क र छालामा समेत यसले आक्रमण गर्दछ । क्षयरोगलाइ सन् १९९३ मा बिश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जन स्वास्थ्य समस्याका रुपमा घोसण गर्दै क्षयरोग नियण्त्रण गर्नका लागि नयँ रणनिति अबलम्वन गर्ने कुरामा जोड दिएको छ । प्रत्येक बर्ष बिश्व स्वस्थ्य संगठनको आह्वानमा मार्च २४ गते बिश्व क्षयरोग दिबस मनाईने गर्छ यस बर्षपनि "क्षयरोगको अन्त्यको लागि सबै एकबद्ध हौ" ("Unite To End TB") भन्ने बिश्वब्यपि नाराका साथ यो दिवस नेपालमा पनि मनाइदैछ .
बिस्वभरि प्रतिबर्ष करिब ८६ लाख नयाँ क्षयरोगका बिरामि थपिइराखेका छन । यश मध्ये ९०% बिकासुन्मुख देशमा छन । संसारमा प्रतिबर्ष करिब १३ लाख मानिश क्षयरोगको कारणले मर्ने गर्दछन। नेपालमा झण्डै ४५% मानिस क्षयरोगका किटणुबाट संक्रमित छन । जसमा ६०% युवायुवति नै रहेको तथ्यंक सार्बजनिक गरेको छ। नेपालमा प्रतिबर्ष झन्डै ४५ हजार जना मानिसमा सकृय टिबि देखा पर्दछ। तिमध्येमा पनि २०,८५० जनालाइ फोक्सोको टिबि देखिन्छ। २० हजार जना बिरामिले टिबि सार्न सक्ने तथ्यांक सरकारि निकाय राष्ट्रिय क्षयरोग केन्द्रको रहेको छ । नेपालमा प्रतिबर्ष ५ हजार -७ हजार जना मानिसको मृत्यु टिबि को कारणले हुने गर्दछ।
यो रोग लाग्ने प्रमुख कराण माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणु हो । निम्न बिरामिहरुमा टिबि लाग्ने सक्ने सम्भावना बढि हुन्छ . १ एड्स भएका . २ मद्यपान तथा धूमपान बढी गर्ने व्यक्तिहरु . ३ कुपोषित बच्चाहरुमा र ४ सरसफाइको अवस्था कमजोर .
यो रोग सर्ने मुख्य माध्याम हावा हो हावाको माध्यामबाट यो रोगका किटणुहरु फोक्सोमा प्रबेश गर्दछन् । त्याहाबाट यि किटाणुहरु फोक्सो आफै वा सरिरको कुनै भागमा सरि क्षयरोग लाग्ने गर्छ । त्यसको ४–६ हप्तामा रोग देखा पर्दछ । सबैमा रोग देखिनुपर्छ नै भन्ने होइन यो मानिसको प्रतिरक्षा सक्तिमा भर पर्दछ ।
क्षयरोगलाइ समान्यतया दुईहप्ते खोकी, क्षयरोग पो हो कि भनेर भन्ने गरिन्छ . क्षयरोगका मुख्य लक्षण तथा चिन्ह हरुमा २ हप्ता वा सोभन्दा लामो समयसम्म खोकी लागिरहनु, खकारमा रगत देखिनु, तौल घट्दै जानु, खाना मन नलाग्नु, निद्रा नपर्नु, छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनु, ज्वरो आउनु, राति पसिना धेरै आउनु, थकान महसूस हुनु आदि हुन । यो रोग मुख्यतया स्वास्प्रस्वस्को माध्यमबाट सर्ने गर्दछ, संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा खकारमा भएका क्षयरोगका किटणुहरु साना साना थुकका छिटा (Droplet Nuclei) सँगै बाहिर निस्कन्छन । यो रोगको पहिचान गर्नको लागि खकार् परिक्षण गर्नुपर्ने हुन्छ् यदि खकार परिक्षण गर्दा यो रूगका जिवणु भेटिएमा यो रोग लागेको पुस्टि हुन्छ ।
यसको उपचारलाइ स्वस्थ्यकर्मिको प्रतक्ष निगरानिमा गरिने छोटो समयको उपचार ( डट्स) (Directly Observed Treatment Short Couirse, DOTS) को बिधिदुवार गरिन्छ । यो रोगको उपचार सरकारि स्वास्थ्य सस्थाबाट निसुल्क गरिन्छ । य रोग नियमित रुपम आउसधि सेवन् गरेको खण्दमा ६ देखि ८ महिनामा पुर्ण रुपले निको हुन्छ । क्षयरोगबाट बच्न मुख्यगरि यो रोग हावाको माध्यामले सर्ने भएकोले भिडभाड तथा संकास्पथ बयाक्तिको नजिक रहदा मास्कको प्रयो
 गर्नुनै सबैभन्दा उत्तम् उपाय हो ।

Friday, February 26, 2016

अस्वस्थ जिबनसैलि र त्यसको प्रभाब

लक्ष्मण ढकाल
हिल स्वास्थ्य चौकि 
www.facebook.com/blogger.laxman 
अस्वस्थ जिबनसैलि र त्यसको प्रभाब बिस्वमै लाग्ने कयौ प्रणघातक रोगहरु अस्वस्थकर जिबनसैलिका कारण हुने गर्दछन जसमा हृदयघत् मस्तिकघात र मधुमह एकदमै महामारिको रुपमा बिस्वभरिनै दिनानुदिन बृद्धि भैरहेकाछन। अझ यसको परिवेसलाइ बृस्तित रुपमा खोतलेर हेर्ने हो भने इ सबै सम्स्याहरु बिस्वमै मानिसको आल्पाआयु मा हुने मृत्युको प्रमुख कारणहरु हुन। अर्को सात अर्थात् फेब्रुअरि २२ मा हमि बिस्व स्वस्थ जिबनसैलि दिवस यस बर्शपनि बिभिन्न कर्यक्रम गरि मनाउन गइरहेका छौ। बिलासि जिबनसैलिनै आझभोलि अस्वस्थजिबन सैलिको कारण बनेको छ। समयको परिवर्तनसँगै मनिसहरुको जिबनसैलि पनि परिवर्तन बन्दै गैरहेकाछन । ब्यस्त जिबनसैलिले मानिसलाइ मनसिक तवरले पनि दिननुदिन अस्वस्थ बनाउदै गयको छ यस्तै करणले बिस्वमै १०% मानिस र नेपलमा झन्डै २५% मानिस मानसिक समस्याले ग्रस्त छन । अस्वस्थ जिबनसैलि सँगै मनिश्मा देखा परेका जतिल तहा दिर्घ रोगले झन बिकरल अवस्थ निम्ताउदैछ। नेपालि परिवेसलाइ हेर्ने हो भने हाम्रो खानपान नै अस्वस्थतको मुख्या कारण हो। हामिले दिनहु खाने खान भात जसलाइ हामि निकै सुरक्षित खानाको रुपमा लिने गर्दछौ जसमा पाइने कर्बोहाइड्रेट (Carbohydrate) नामक तत्वले मधुमेह रोग निम्ताउन महत्वपुर्ण खेल खेल्छ। खाना बनाउने क्रममा प्रयोग गरिने चिल्लो तथा मसुजन्य पदार्थले मुटुको रोग निम्ताउछ जसमा निकैनै पिडादाइ मानिने मुटुको रोग हृदयघात पर्दछ जसको आक्रमण पछि जिबन रक्षा गर्ने सम्भावना निकै कम हुन्छ बचाउनको लागि १ वा २ घण्टाभित्रै सल्लेकृयात्मक उपचार आवस्यक् हुन्छ जो नेपालि परिवेसलाइ लियर हेर्ने हो भने असम्भब जस्तै छ। त्यस्तै रुपमा अरु कुरालाइ पनि केलाउदै जाने हो भने हामि पुर्णतया अस्वस्थ जिबन्सैलो मतियार जस्तो देखिन्छौ। यस्तो जिबनसैलिलाइ उचित ब्यबस्थापन गर्न नसक्ने हो भने हामि हम्रो स्वस्थ्य र आफुप्रतिनै गैरजिम्बेदार रहेको पुष्टिहुन समय लाग्ने छैन। हमि दैनिक रुपमा आयम ब्यायम् तथा अहारमा परिवर्तन गर्न सके सबै यस्ता स्वास्थ्य समस्याबट मुक्ति पाउन समय कुर्नुपर्नेछैन। खाने परिकारमा भात मासुजन्य पदार्थ यसमा पनि रातो मासुको भन्दा अरुलाई जोड दिन खोजौ जस्तै सगसब्जि रोटि ढिडो आदि । रक्सि चुरोट र सुर्तिजन्य पदर्थको सेवन् नगरौ। स्वस्थ जिबनसैलि अपनाउ र स्वस्थ्य बनौ समय र पैसा दुबैको बचत गरौ।

निरासापन Depression

लक्ष्मणा ढकाल
हिल स्वास्थ्य चौकी
www.facebook.com/blogger.laxman

डिप्रेसन एक प्रकारको मानसिक रोगको अवस्था हो । यदी कुनै ब्यक्तिमा निम्न अवस्था देखा परेमा डिप्रेसन भएको बुझ्नुपदर्छ । यदि कुनै पनि तनाब, असफलता वा बिछोडमा अन्य ब्यत्तिहरुको मूल्याङ्कनमा स्वभाबिकभन्दा लामो समयसम्म निराश वा उदास भइरहेमा ,निराशाको कारण ब्यत्ति स्वम्लाई थाहा नभएमा, यदि निराशा असह्य भई ब्यत्तिको दैनिक जीवनचार्यामा नराम्रो प्रभाव परेमा ।
यस रोगका मुख्या लक्षणहरुमा मन-भावना (Feeling) सँग सम्बन्धित लक्षणहरु जस्तै पहिलेको तुलानामा निराश हुनु, अनावाश्यक रुपमा उदास भई परिस्थिति अनुसार भावानात्मक प्रतिक्रिया नहुनु, सामान्यतया पहिेको तुलनामा रमाउन-खुसि हुन नसक्नु आदि । सोचाइ (Thought) सँग सम्बन्धित लक्षणहरु जस्तै आफु संसार र भविस्यप्रति नकरात्मक र निरासाजनक विचारहरु आउनु, आफुलाई दोसि ठान्नु, आत्महत्यासम्बन्धि विचार आउनु, आदि । उत्प्रेरणा (Motivation) सँग सम्बन्धित लक्षणहरु जस्तै केहि नया कुराको थालनी गर्न जोस जागर नहुनु र थालनि गर्न गाह्रो अनुभव गर्नु, भित्रैबाट ऊर्जा नभयको अनुभव गर्नु, खानपीनमा रुचि कम हुनु, यौन इच्छा कमी आउनु, आदि ।
शारीरिक (Physical) लक्षणहरु जस्तै अस्वभाविक रुपमा तौल घट्नु, अनिद्रा वा अत्याधिक निद्रा लाग्नु, बिहानिपख चाँडै निद्राले छाड्नु र उठुदा टाउको भारी भयको अनुभव गर्नु, शरीर कमजोर भई थकान महशुस गर्नु, कब्जियत हुनु, आदि । अन्य लक्षणहरुमा स्मरणशक्ति र सोच्ने क्षमतामा ह्रास आउनु, आफुले लगाउने लुगा, कपाल र शरीरको हेरचाहामा ध्यान नदिनु, मनमा एउटै कुरा धेरैबेर खेलिरहनु, निर्णय लिन गाह्रो भई दोधारमा पर्नु,
यी मध्ये कुनै पनि चार लक्षण दुई हप्तासम्म लगातार देखिएमा डिप्रेसन भएको वा हुनसक्ने सम्चावना अत्याधिक हुन्छ । समयमा उपचार नपाएमा रोग कडा भई आत्महत्यामा अन्त्य हुनसक्ने स्थिति पनि आईपर्न सक्छ ।
डिप्रेसनका खास कारण यहि नै हो भन्ने किटान गर्न गाह्रो हुन्छ । थुप्रै कारणहरुामध्ये वंसानुगत कारण, मस्तिष्कमा केहि रसायनहरुको कमी, ब्यक्तिले आफुलाई नि सहाय अवस्थामा पाउनु, सोचाइमा गडबडी आउनु, आदि हुन जस्तै हरेक असफलतालाई आफ्नो कमजोरी वा दोष ठान्नु भबिश्यप्रती निरशाजनक हुनु, एउटै नकरत्मक घटनाबाटबा आफ्नो जिवनको निष्कर्षा निकाल्नु आअदी । त्यस्तै प्रायअप्तरुपमा हौसला नपाउनु र बाल्यकालका नकरात्मका सिकाइ र घाटनाहरुले गर्दा पनि डिप्रेसन हुन सक्छ । डिप्रेसनको उपचार गर्न माथि उल्लेखित कुनै सम्स्या देखा परेमा वा यस्तो अवस्थाको सङ्का लागेमा मनोचिकित्सक वा मनो बैज्ञानीकसँगा सम्पर्क गरी पहिले त रोगको निदान गर्नु पर्दछ । यसको उपचार सम्भब छ । औषधी र मनोबैज्ञानिक उपचार पद्धतिको संयुक्त उपचारपछी यो रोगा चांडै निको हुन्छ । लामो समयको डिप्रेसन ज्यादै कडा खालको डिप्रेसन भएमा बिद्धुतिय उपचार प्रणालि(Electo Convulsive Therapy ECT) ले पनि राम्रो गरेको पाइन्छ ।
लगभग ८० प्रतिसत आत्महत्याक करणहरुमा डिप्रेसन प्रमुख रुपमा देखिएको पाइन्छ । डिप्रेसन महिला य पुरुष दुबैलाई हुनसक्छ । बिभिन्न अनुसन्धानबाट प्रप्त तथ्यङ्काउन्सार कारीब १२% महिला र ६% पुरुषमा डिप्रेसन पाइएको छ । पुरुषहरुम कम प्रतिसत हुनुम उनिहरु आफ्नो निरसापनमा मदिरा अथवा अन्य अम्मलको सहायता लिने गर्दछना र यि पुरुषहरु कुनै न कुनै किसिमको दुर्व्यासनमा फस्दछन.