बाचा
कसम सबै तोडेर गयौ
अर्कै
सँग नाता जोडेर गयौ
साथ
दिन्छु भनि पारेर भ्रममा
टुक्रा
टुक्रा,सपना फोडेर गयौ
आसमा
बसेथे बसाउने सुन्दर घर
पलभरमै
मेरो साथ छोडेर गयौ
रुदै
भन्थ्यौ तिम्रो साथ बिना मर्छु
सँगै
हिड्न खोजेथे,बाटो मोडेर गयौ
मिसायछौ
कपट तिम्रो बोलिभित्र
मेरै
अघि पराईको घुम्टो ओडेर गयौ
No comments:
Post a Comment