Friday, January 30, 2015

गजल

मेरो हातको सिन्दुर माग्ने धेरै छन्
मेरै यादमा रातभर जाग्ने धेरै छन्

भो तिमीले भाउ खोज्नु पर्दैन सानु
मेरै घरको आँगन ताक्ने धेरै छन्

देखि रिसाउछौ अझै रिसाउ
जहाँ गएपनि पछि लाग्ने धेरै छन्

तिम्ले बोलाएनौ यस्मा गुनासो छैन
राति राति फोन गरि डाक्ने धेरै छन्

त्यो वैश पैसामा साट या सितैमा बाँड
मेरो लागि जोगाएर राख्ने धेरै छन्

Tuesday, January 27, 2015

गजल

बाचा कसम सबै तोडेर गयौ
अर्कै सँग नाता जोडेर गयौ

साथ दिन्छु भनि पारेर भ्रममा
टुक्रा टुक्रा,सपना फोडेर गयौ

आसमा बसेथे बसाउने सुन्दर घर
पलभरमै मेरो साथ छोडेर गयौ

रुदै भन्थ्यौ तिम्रो साथ बिना मर्छु
सँगै हिड्न खोजेथे,बाटो मोडेर गयौ 

मिसायछौ कपट तिम्रो बोलिभित्र

मेरै अघि पराईको घुम्टो ओडेर गयौ