जिबनमा मैले यो कस्तो निशfना देखेछु,
तिम्रै यादमा बाच्न खोज्ने चाहना देखेछु ।।
त्यो तिम्रै मझेरिमf जन्ति संगै डोलि लगेको,
सfच्चै आज राति कति सुन्दर सपना देखेछु ।।
आलंकारिक् भावनमा बहकिदै चल्न सक्ने,
शृस्टिको यो कस्तो बिचित्रको बाहना देखेछु ।।
सहजता असहजता जे परोस जिन्दगिमा,
तिमिसंगै मात्र जिबनको साधना देखेछु ।।
बास्तबिकतf भन्न कत्ति पर छैन अब म,
गुम्शियर रहेको तिम्रै ति भावना देखेछु ।।