सुत्केरी हुने बित्तिकै आमाको पहिलो पहेँलो बिगौती दूध शिशुको लागि निकै अमृत समान हुन्छ । यसले
शिशुको मानसिक तथा शारिरिक बिकासमा महत्वपुर्ण भुमिका खेल्दछ । शिशुलाई ६ महिनाको उमेरसम्म आमाको दुध बाहेक अन्य थप खाने कुरा पानी पनि खुवाउनु पर्दैन । आमाको दुधमा शिशुलाइ आवाश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्व प्रोटिन, कार्बोहाईड्रेट, भिटामिन खनिज तथा चिल्लो पदार्थ र पानी हुन्छ । ६ महिना सम्मको शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टा भित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटक सम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाउदा उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुनुका साथै शिशु स्वस्थ रहन्छ । तर ६ महिनापछि आमाको दुधले मात्रै शिशुलाई आवास्यक पर्ने साम्पुर्ण पौस्टिक तत्वको पुर्ति गर्न नसक्ने हुँदा शिशुलाई आमाको दुधको साथमा थप लिटो, जाउलो, भात, दाल्, गेडागुडिको रस र सागपात जस्ता अर्ध ठोस तथा ठोस आहारा खुवाउनु जरुरि हुन्छ ।
नेपालमा जन्मेको एक घण्टाभित्र
स्तनपान गराउने आमाको संख्या ५५% रहेको कुरा नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन् २०१६ माउल्लेख गरिएको छ । यस्तै ६ महिना सम्म पूर्ण स्तनपानको अवसर ६६% प्रतिशत बालबालिकाले मात्रै पाइरहेका छन् । नेपालमा स्तनपान
गराउनुपुर्ब प्रति १० बच्चामा ३ जना बच्चालाई घिउ, मह चिनि लगाएतका कुरा खुवाउने गरिन्छ । नेपालमा औसतमा एक शिशुलाइ सवा-चार महिना सम्म मात्र पुर्ण रुपमा स्तनपान गराइन्छ भने एक शिशुलाई औसतमा ३४ महिनासम्म स्तनपान गराइने गरेको तथ्याँक नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन २०१६ मा सार्बजनिक भएको छ ।
आमाहरुले उनिहरुको शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको
छिटो विकास हुने भ्रमले गर्दा शिशुलाई स्तनपान नगराउने गर्छन जसले गर्दा बाल मृत्युको जोखिम दिनानुदिन बढी रहेको छ । तर शिशुलाई नियमीत दूध खुवाउने महिलामा पहिलो ६ महिनामा गर्भवती हुने सम्भवना निकै कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने, छिटो गर्भवती हुनुभन्दा अगाडीकै शारीरिक अवस्थामा फर्किन मद्धत गर्ने, सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय र स्तन क्यान्सरको जोखिम कम हुने शिशुको रोगसँग लड्ने क्षमता बढ्ने, शिशुलाई सिताङ्ग हुनबाट जोगाउने तथा आमा र शिशुबिचको आपसि ममता बढ्दै जाने जस्ता फाइदा हुन्छ । विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पका प्रयोग हुने पदार्थका कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा र बच्चा दुवैलाई बेफाईदा गर्ने त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।
लक्ष्मण ढकाल (हे.अ.)
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि

