Wednesday, August 30, 2017

स्वाइन फ्लू

लक्ष्मण ढकाल
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि

स्वाइन फ्लू एक खतरनाक भाइरस हो । जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा पहिले यसको संक्रमण सन २००९ मा मेक्सिकोमा देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन।
·         H1N1
·         H1N2
·         H3N2 र
·         H3N1
जस मध्ये एच १ एन १ (H1N1) जुन सबैभन्दा खतरनाक र सक्तिसालि भाइरस हो । एच१एन१ को सक्रमण फैलाउनको लागि सुँगुर जिम्मेवार मानिएको छ र इन्फुएन्जा भाइरस जस्तै हुने भएकोले यसको बोलचालको नाम स्वाइन फ्लु भएको हो । हाल स्वाइन फ्लुलाई मौसमी रुघाखोकी कै रुपमा लिने गरिए पनि यो कहिले काहि कडा रुपमासमेत देखिदै आएको छ । यसको संक्रमण भएको एकदेखि सात दिनसम्ममा स्वाइनफ्लुको को लक्षण देखिन सक्छ । लक्षण देखिएको एक दिन अघि  करिव आठ दिनसम्म यो भाइरसको संक्रमण अरुमा सर्ने खतरा हुन्छ ।
सर्ने तरिका
यो रोग स्वाइन फ्लु मौसमी रुघाखोकी (इन्फुएन्जा) को भाइरस जस्तै स्वास प्रस्वासको माध्यमले एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुर बाट यो भाईरस सर्ने गर्दछ। त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणु युक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी।भी।को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड, आदि सतहमा विषाणु घन्टौं जीवित रहन सक्छन् ।
लक्षणहरु
स्वाइन फ्लुमा रुघाखोकी जस्तै लक्षणहरु देखिन्छन । ति लक्षणहरुमा:
·         नाकवाट पानी वग्नु,
·         हाच्छिउँ आउनु,
·         खोकी लाग्नु,
·         तिव्र ज्वरो देखिनु,
·         औषधि खादासमेत ज्वरो नघटनु
·         पखाला लाग्नु,
·         वान्ता हुनु,
·         घाँटीमा खसखस लाग्नु यो बढ्दै जानु,
·         तिव्र टाउको दुखाई,
·         मांसपेसी दुख्नु
·         धेरै बढी थकाइ लाग्नु, आदि पर्दछन ।
यो रोगको प्रकोप निम्नानुसारका ब्यक्ति तथा समुह बुढापाका, ५ वर्ष मुनिका बालवालिका, गर्भवती महिला, मुट, फोक्सो, मृगौला, दम, पार्किन्सन्स, मधुमेही, स्नायु सम्वन्धि रोग भएकाहरु र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरुमा बढि देखिने भएकाले अझ बढि  सजग हुनुपर्दछ ।
बच्ने उपायहरु
·         यो रोगबाट बच्नको निमित्त निम्नकुराहरुमा बिषेश ध्यान पुर्‍याउनुपर्छ :
·         धेरै मानिसको भिँडभाड नबस्ने ।
·         रुघाखोकीलागेको मान्छे संग टाढै बस्ने ।
·         हाच्छिउँ गर्दा खोक्दा टिस्यु पेपर वा सफा रुमालले नाकलाई छोप्ने छोप्दा प्रयोग भएका सामग्रीको उचित व्यवस्थापन गर्ने, त्यस्ता वस्तु राम्ररी धोएर तथा सुकाएरमात्र पुन: प्रयोग गर्ने खोक्दा तथा हााच्छिउँ गरेपछि साबुनपानीले राम्ररी हात धुने
·         हात नमिलाउने अंगालो नमार्ने ।
·         संक्रमित क्षेत्र नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने ।
·         मुखमा मास्क लगाएर हिंड्ने ।
·         साबुन पानीले हात धुने ।
·         आफनो घर, अफिसको ढोका ह्यान्डल, कि वोर्ड, मेचलाई सफा राख्ने  
·         स्वाईन फ्लुको सम्भाबित संक्रमण भएको ब्याक्ती लाई छिटो भन्दा छिटो नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्‍याउने ।
·         शरिरमा पानी लवणको कमी हुन नदिन निरन्तर पानी तरल पदार्थ खाने