लक्ष्मण ढकाल (हे.अ.)

विश्व स्तनपान सप्ताह
यस बर्ष पनि यहि मंगलबार देखि सुरु भएको छ।यो दिवस सुरुमा वर्ल्ड अलाइन्स फर ब्रेस्ट्फिडिङ
भन्ने सस्थाले सन् १९९२ देखि मनाउन थालेको हो। पछि बिश्व स्वास्थ्य संगठन र युनिसेफको
अगुवाईमा सन १९९५ देखि हरेक बर्ष अगस्त १ देखि ७ तारिख सम्म बिश्व स्तनपान सप्ताह बिश्वभरि
नै मनाउने गरिन्छ । बच्चालाइ सुरक्षित तरिकाले स्तनपान गराउनु, स्तनपान सम्बन्धि जनचेतना
फैलाउनु, जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको सँख्या बढाउन तथा स्तनपान नगराउनाले
आमा तथा शिशुमा हुनसक्ने समस्याहरुको बारेमा जनसमुदायलाई सचेत गराउने उद्देश्यका साथ
हरेकबर्ष यो दिवस मनाउने गरिन्छ । हरेक बर्ष फरक फरक नाराका साथ बिश्व स्तनपान दिवस
मनाइने गरिन्छ यो बर्ष पनि " हामि सबै मिलि स्तनपानलाई दिगो बनाउ " ( "SUSTAINING BREASTFEEDING TOGETHER" ) भन्ने मुल नाराको साथ मनाइदैछ ।
प्रमुख
भकुन्डे स्वास्थ्य चौकि

![]() |
| Add caption |
सुत्केरी हुने बित्तिकै आमाको पहिलो पहेँलो बिगौती
दूध शिशुको लागि निकै अमृत समान हुन्छ । यसले शिशुको मानसिक तथा शारिरिक बिकासमा महत्वपुर्ण
भुमिका खेल्दछ । शिशुलाई ६ महिनाको उमेरसम्म आमाको दुध बाहेक अन्य थप खाने कुरा पानी
पनि खुवाउनु पर्दैन । आमाको दुधमा शिशुलाइ आवाश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्व प्रोटिन,
कार्बोहाईड्रेट, भिटामिन खनिज तथा चिल्लो पदार्थ र पानी हुन्छ । ६ महिना सम्मको शिशुलाई
आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको
आधा घण्टा भित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटक सम्म आमाको
दूध खुवाउनुपर्ने हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाउदा उनीहरुको बौद्धिक
र शारीरिक विकास छिटो हुनुका साथै शिशु स्वस्थ रहन्छ । तर ६ महिनापछि आमाको दुधले मात्रै
शिशुलाई आवास्यक पर्ने साम्पुर्ण पौस्टिक तत्वको पुर्ति गर्न नसक्ने हुँदा शिशुलाई
आमाको दुधको साथमा थप लिटो, जाउलो, भात, दाल्, गेडागुडिको रस र सागपात जस्ता अर्ध ठोस
तथा ठोस आहारा खुवाउनु जरुरि हुन्छ ।
नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने
आमाको संख्या ५५% रहेको कुरा नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक प्रतिबेदन् २०१६ माउल्लेख
गरिएको छ । यस्तै ६ महिना सम्म पूर्ण स्तनपानको अवसर ६६% प्रतिशत बालबालिकाले मात्रै
पाइरहेका छन् । नेपालमा औसतमा एक शिशुलाइ सवा-चार महिना सम्म मात्र पुर्ण रुपमा स्तनपान
गराइन्छ भने एक शिशुलाई औसतमा ३४ महिनासम्म स्तनपान गराइने गरेको तथ्याँक नेपाल स्वास्थ्य
तथा जनसाङ्ख्यिक प्रतिबेदन २०१६ मा सार्बजनिक भएको छ ।
आमाहरुले उनिहरुको शारीरिक सौन्दर्य बिग्रने
डरले र बच्चाको छिटो विकास हुने भ्रमले गर्दा शिशुलाई स्तनपान नगराउने गर्छन जसले गर्दा
बाल मृत्युको जोखिम दिनानुदिन बढी रहेको छ । तर शिशुलाई नियमीत दूध खुवाउने महिलामा
पहिलो ६ महिनामा गर्भवती हुने सम्भवना निकै कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने,
छिटो गर्भवती हुनुभन्दा अगाडीकै शारीरिक अवस्थामा फर्किन मद्धत गर्ने, सुत्केरी भएपछि
हुने डिप्रेसन तथा डिम्बाशय रस्तन क्यान्सरको जोखिम कम हुने शिशुको रोगसँग लड्ने क्षमता
बढ्ने, शिशुलाई सिताङ्ग हुनबाट जोगाउने तथा आमा र शिशुबिचको आपसि ममता बढ्दै जाने जस्ता
फाइदा हुन्छ । विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पका प्रयोग हुने पदार्थका
कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा र बच्चा दुवैलाई बेफाईदा गर्ने त्यस्ता
वस्तुको नियन्त्रणमा जोड दिएको छ ।
समाप्त।

