लक्ष्मण
ढकाल
हिल स्वस्थ्य चौकि
www.facebook.com/blogger.laxman
मानब सरिरका
मुख्य अँग मध्य मुटु पनि एक हो । यसले मानव सरिरलाई चाहिने आवस्यक पोषक तत्वलाइ रगतको
माध्यमदुवरा कोससम्म पुर्याउने बिशेष कार्य
गर्दछ । आजको दिनमा मुटुरोग मनिसवको अल्पायुमा हुने मृत्युको प्रमुख कारण बन्दै गएकोछ
। मुटुरोगलाइ कार्डियोभास्कुलर डिजिज (सिभिडि) (Cardiovacular Disease CVD) भनेर पनि
चिन्ने गरिन्छ । अल्पायुमा हुने मृत्युको झन्दै ८०% मुटुरोगकै कारणले हुनेगर्दछ । मुख्य मुटुरोगहरुम
कोरोनरि धमनिमा हुने रोग(Coronary Artery Disease), हृदयघात् (Heart Attack) र एरिदमिया
(Arrythmias) पर्दछन । यस्ता रोगहरु नेपलजस्ता
बिकासउन्मुख देशका साथै बिकसित देशरुमा पनि उत्त्तिकै मात्रामा देखिनुका साथै जनस्वास्थ्यमा
थपिएको नया चुनौति बन्न पुगेको छ । मुटुरोग लाग्नुको मुख्य कारण खानपान तथा जिबनसैलिमा
आएको परिवर्तन नै हो ।
बिश्व मुटु
दिवस बिश्व मुटु दिवसको स्थपना सन २००० मा बिस्वका सबै मानिसहरुलाइ मुटु रोग र स्ट्रोक
(स्ट्रोके) मनिसको मृत्यु हुने प्रमुख् कारण रहेको जानकारि दिन उद्धेस्यका साथ भएको
हो। यो दिवस प्रत्येक बर्ष अङ्ग्रेजि पात्रोअनुसार सेप्टेम्बर २९ (सेप्टेम्बेर्-२९)
मा मनाईने गरिन्छ । यो बर्ष पनिआज अर्थात असोज १३ गते (September-29) देशभरि नै बिबिध
कार्यक्रम गरि यो दिवस मनाइदैछ । यस बर्षको लागि बिस्व मुटु दिवसको नार "POWER YOUR LIFE" भन्ने रहेको
छ । यसै मुल नाराका साथ बिश्व मुटु दिवस यो बर्ष पनि मनाइदैछ । बिस्व मुटु दिवसले मुटुसम्बन्धि
जोखिम घटाउन साथै एक स्वच्छ मुटु बनाउन अभिप्रेरित गर्दछ ।
मुटुरोगलाइ
बढवा दिने मुख्य कुराहरुमा परिवर्तनसिल कुराहरु जस्तै उच्च रक्तचाप (High Blood
Pressure), मधुमेह (Diabetese), चुरोटको सेवन, बिलासि जिबनसैलि, बोसो बढि भएको खाना,
मोटोपन (Obesity), तनाब (Stress), राक्सिको अत्याधिक सेवन र सारिरिक ब्यायमको कमि आदि
पर्दछन । माथि उल्लेखित सम्पुर्ण चिजलाइ हामि आफ्नो ब्यबाहार परिवर्तनको माध्यमबाट
परिवर्तन गर्न सक्दछौ । साथै अपरिवर्तनसिल तत्वहरुमा आफ्ना पुर्बजमा मुटुरोग हुनु,
जातियता र उमेर पर्दछन । यस्ता कारनलाइ हामि चाहेर पनि परिवर्तन गर्न सक्दैनौ ।
