लक्ष्मण ढकाल
हिल स्वास्थ्य चौकि हिल गल्कोट
www.facebook.com/blogger.laxman
क्षयरोग एउटा सङ्क्रामक सरुवा रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस (Mycobacterium Tuberculosis) नामक किटाणुको सङ्क्रमणबाट देखा पर्ने गर्दछ । यो रोगको किटणु Mycobacterium Tuberculosis २४ मर्च १८८२ मा जर्मन् बैज्ञानिक डा रबर्ट कोक (Dr. Robert Koch) ले पत्ता लगाएका हुन साधारण भाषामा यसलाई टिबी लागेको भनेर चिनिने गरिन्छ । मुख्य रुपमा फोक्सोमा यो रोग लागे पनि मृगौला, हड्डी, लसिका ग्रन्थी, मस्तिष्क र छालामा समेत यसले आक्रमण गर्दछ । क्षयरोगलाइ सन् १९९३ मा बिश्व स्वास्थ्य संगठनले संसारकै प्रमुख जन स्वास्थ्य समस्याका रुपमा घोसण गर्दै क्षयरोग नियण्त्रण गर्नका लागि नयँ रणनिति अबलम्वन गर्ने कुरामा जोड दिएको छ । प्रत्येक बर्ष बिश्व स्वस्थ्य संगठनको आह्वानमा मार्च २४ गते बिश्व क्षयरोग दिबस मनाईने गर्छ यस बर्षपनि "क्षयरोगको अन्त्यको लागि सबै एकबद्ध हौ" ("Unite To End TB") भन्ने बिश्वब्यपि नाराका साथ यो दिवस नेपालमा पनि मनाइदैछ .
बिस्वभरि प्रतिबर्ष करिब ८६ लाख नयाँ क्षयरोगका बिरामि थपिइराखेका छन । यश मध्ये ९०% बिकासुन्मुख देशमा छन । संसारमा प्रतिबर्ष करिब १३ लाख मानिश क्षयरोगको कारणले मर्ने गर्दछन। नेपालमा झण्डै ४५% मानिस क्षयरोगका किटणुबाट संक्रमित छन । जसमा ६०% युवायुवति नै रहेको तथ्यंक सार्बजनिक गरेको छ। नेपालमा प्रतिबर्ष झन्डै ४५ हजार जना मानिसमा सकृय टिबि देखा पर्दछ। तिमध्येमा पनि २०,८५० जनालाइ फोक्सोको टिबि देखिन्छ। २० हजार जना बिरामिले टिबि सार्न सक्ने तथ्यांक सरकारि निकाय राष्ट्रिय क्षयरोग केन्द्रको रहेको छ । नेपालमा प्रतिबर्ष ५ हजार -७ हजार जना मानिसको मृत्यु टिबि को कारणले हुने गर्दछ।
यो रोग लाग्ने प्रमुख कराण माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणु हो । निम्न बिरामिहरुमा टिबि लाग्ने सक्ने सम्भावना बढि हुन्छ . १ एड्स भएका . २ मद्यपान तथा धूमपान बढी गर्ने व्यक्तिहरु . ३ कुपोषित बच्चाहरुमा र ४ सरसफाइको अवस्था कमजोर .
यो रोग सर्ने मुख्य माध्याम हावा हो हावाको माध्यामबाट यो रोगका किटणुहरु फोक्सोमा प्रबेश गर्दछन् । त्याहाबाट यि किटाणुहरु फोक्सो आफै वा सरिरको कुनै भागमा सरि क्षयरोग लाग्ने गर्छ । त्यसको ४–६ हप्तामा रोग देखा पर्दछ । सबैमा रोग देखिनुपर्छ नै भन्ने होइन यो मानिसको प्रतिरक्षा सक्तिमा भर पर्दछ ।
क्षयरोगलाइ समान्यतया दुईहप्ते खोकी, क्षयरोग पो हो कि भनेर भन्ने गरिन्छ . क्षयरोगका मुख्य लक्षण तथा चिन्ह हरुमा २ हप्ता वा सोभन्दा लामो समयसम्म खोकी लागिरहनु, खकारमा रगत देखिनु, तौल घट्दै जानु, खाना मन नलाग्नु, निद्रा नपर्नु, छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनु, ज्वरो आउनु, राति पसिना धेरै आउनु, थकान महसूस हुनु आदि हुन । यो रोग मुख्यतया स्वास्प्रस्वस्को माध्यमबाट सर्ने गर्दछ, संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा खकारमा भएका क्षयरोगका किटणुहरु साना साना थुकका छिटा (Droplet Nuclei) सँगै बाहिर निस्कन्छन । यो रोगको पहिचान गर्नको लागि खकार् परिक्षण गर्नुपर्ने हुन्छ् यदि खकार परिक्षण गर्दा यो रूगका जिवणु भेटिएमा यो रोग लागेको पुस्टि हुन्छ ।
यसको उपचारलाइ स्वस्थ्यकर्मिको प्रतक्ष निगरानिमा गरिने छोटो समयको उपचार ( डट्स) (Directly Observed Treatment Short Couirse, DOTS) को बिधिदुवार गरिन्छ । यो रोगको उपचार सरकारि स्वास्थ्य सस्थाबाट निसुल्क गरिन्छ । य रोग नियमित रुपम आउसधि सेवन् गरेको खण्दमा ६ देखि ८ महिनामा पुर्ण रुपले निको हुन्छ । क्षयरोगबाट बच्न मुख्यगरि यो रोग हावाको माध्यामले सर्ने भएकोले भिडभाड तथा संकास्पथ बयाक्तिको नजिक रहदा मास्कको प्रयोग गर्नुनै सबैभन्दा उत्तम् उपाय हो ।